खेलाडिलाई सम्मान तथा पुरस्कार
–विकलाई नगदसहित सम्मान

विदुर–नेपालको यु–१९ राष्ट्रिय क्रिकेट समूहमा आवद्ध नुवाकोटका खेलाडिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । नगदसहित सम्मान गरिएको हो ।
विदुर नगरपालिका र नुवाकोट क्रिकेट संघले खेलाडि रोशन विश्वकर्मालाई नगद पुरस्कारसहित सम्मानित गरेको हो । प्रथम विदुर नपा मेयर कप टि–२० क्रिकेट प्रतियोगिता समापनका अवसरमा विकलाई नगद १० हजार रुपैयाँसहित सम्मानित गरिएको हो ।
नुवाकोटबाट प्रतिनिधित्व गर्दै नेपालको यु–१९ राष्ट्रिय क्रिकेट टिममा समेत खेल्न सफल भई नुवाकोटको नाम चिनाउन सफल भएका जनाउंदै उनको खेल योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिए ।