मानसरोवर यात्रामा विदेशीको मृत्यु
शव हेलिकपटरमार्फत काठमाडौं

विदुर–कैलाश मानसरोवर यात्राका क्रममा एक जना विदेशी नागरिकको ज्यान गएको छ ।
कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलाश मानसरोवरको यात्राका क्रममा फिजीका ५५ वर्षीय दलिप सिंहको मृत्यु भएकोे प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । रसुवागढी नाका हुदै मानसरोवर यात्रामा रहेका उनकोे चीनतर्फको भूभागमा ज्यान गएको थियो ।
मृतक सिंहको शव केरूङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन् ।