चीनमा निरन्तर वर्षात् र वाढी

–तटीय क्षेत्रमा सचेत रहन आग्रह
लोकखबर
२०८२ असार १२, बिहीबार २२:१३

विदुर–नेपालमा सक्रिय मनसुनी प्रणाली र छिमेकी चीनको तिब्बत क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षाका कारण तटीय क्षेत्रमा सचेत रहन आग्रह गरिएको छ । चीनको तिव्वत हुदै नेपालतर्फ वहने नदीहरुका पानी सतह वढिरहेका छन् ।
त्रिशूली, भोटेकोशी, लाङ्टाङ र चिलिमे खोलाको आसपास बाढीको जोखिम बढेको जनाउंदै सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ । नेपालमा सक्रिय मनसुनी प्रणाली र छिमेकी चीनको तिब्बत क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षाका कारण त्रिशूली, भोटेकोशी, चिलिमेलगायतका नदीमा पानीको बहाव बढ्ेको जनाउंदै रसुवा प्रशासनले सतर्कता अपनाउन आमसर्वसाधारणमा अनुरोध गरेको हो ।
प्रशासनले विशेषगरी नदी किनारमा रहेका बस्ती, निर्माणाधीन विभिन्न आयोजना र सवारीसाधन चलाउनेहरूलाई निकै सतर्क रहन सुझाव दिएको हो । सम्भावित बाढी र पहिरोका कारण सडक संरचना प्रभावित हुन सक्ने भएकाले यात्रामा विशेष ध्यान दिन जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीद्वारा जारी पत्रमा भनिएको छ ।
त्रिशूली नदीको तटीय क्षेत्र परेकाले त्यस नदी आसपासका वासिन्दालाई पनि सजग रहन प्रशासनले आग्रह गरेको छ । नदी आसपासका बासिन्दालाई आवश्यक पूर्वतयारीसहित सुरक्षित स्थानमा रहन वा उस्तै परे सर्ने तयारी राख्न समेत प्रशासनले आग्रह गरेको छ ।

नुवाकोट, रसुवालगायतका स्थानमा नदीका सतह वढिरहेका छन् । त्रिशूली, तादी, लिखु, सामरीलगायतका नदीहरुमासेमत पानीको सतह गत वर्षको भन्दा यस वर्ष तीन साता अगावै वढेको छ ।


सर्वाधिक रुचाइएको