वर्षातले त्रिदेशीय सडकमार्ग अवरुद्ध

विदुर–त्रिदेशीय मार्ग अन्र्तगत रहेको देवीघाट–विदुर–कालिकास्थान–धुन्चे–रसुवागढी सडक वर्षात कारण अवरुद्ध भएको छ । अविरल वर्षातले वनुवाघुम्तीको सडक वगाएपछि शुक्रवारदेखि यातायात अवरुद्ध भएको हो ।
उक्त सडकखण्डको पासाङल्हामु मार्ग अन्तर्गत उत्तरगया गाउपालिका ५ बनुवाघुम्तीमा अविरल वर्षातले सडक वगाएका कारण यातायात अबरुद्ध भएको वडाध्यक्ष यमनाथ आचार्यले वताए । सडक अवरुद्ध हुंदा चीनको केरुङवाट सामान लिएर आएका र चीनको केररुङतर्फ जांदै गरेका मालवाहक गाडीहरु रोकिएका छन् ।
भलवाढी पसेर सडक क्षति गर्नुका साथै सतह वगाएपछि यातायात अवरुद्ध भएको वडाध्यक्ष आचार्यको भनाई छ । सडक मर्मत र पुर्ननिर्माणका लागि सडक डिभिजन नुवाकोटवाट आवस्यक उपकरण र जनशक्ति परिचालन भइसकेको उक्त कार्यालयले जनाएको छ ।
सडक अवरुद्ध भएपछि सो स्थानमा जोखिमपुर्ण रुपमा दुई पांग्रे साधनमात्र आवतजावत गरिरहेको स्थानीयले वताए । सडक मर्मत गरेर सुचारु नभएसम्मका लागि वैकिल्पिक वाटो प्रयोग गर्न सम्वन्धित निकायले सर्वसाधारणमा आग्रह गरेको छ ।
साना तथा मझौलासवारी साधन बनुवा –चौकेटार हुँदै बोगटीटार निस्कने बैकल्पिक बाटो प्रयोग गर्न ईलाका प्रहरी कार्यालय कालिकास्थानका प्रमुख (प्रहरी निरीक्षक )पानालालप्रसाद यादवले सर्वसाधारमा जानकारी दिएका छन् ।
पासाङल्हामु मार्ग अन्तर्गत बनुवा घुम्तीमा सडक अबरुद्ध भयको हुदा साना तथा मझौला सवारी साधनहरु बनुवा –चौकेटार हुँदै बोगटीटार निस्कने बैकल्पिक बाटो प्रयोग गर्न सकिने स्थानीय युवा दिलकृष्ण श्रेष्ठले जानकारी दिए । अविरल वर्षात्संगै आएको पहिरोले नुवाकोटको एक दर्जन भन्दा वढि स्थानमा पहिरो र वाढीका कारण ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।
पश्चिमी भेगमा रहेको चैनपुरमा मुल सडक अवरुद्ध भएको छ । उक्त सडकमार्गको वीचमा रहेको विदुर नपा ३ र १२ को सिमाना चैनपुरमा पहिरोले सडक अवरुद्ध भएको हो ।