वाढीले घर वगाउंदा महिला वेपत्ता

–एक जना घाइते, सात घरमा क्षति
देवचन्द्र भट्ट
२०८२ असार १३, शुक्रबार ११:५७

विदुर–नुवाकोटको पुर्वी भेगमा रहेको ओखरपौवाको गंंगरवगरमा भलवाढीले वगाउंदा एक महिला वेपत्ता भएकी छन् । उनका श्रीमान् घाइते भएका छन् ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका–१ ओखरपौवास्थित वंगरमा अविरल वर्षात्संगै आएको भलवाढीले घर वगाउंदा एक महिला वेपत्ता भएकी हुन् । उनका श्रीमान् घाइते भएको वडाध्यक्ष पदमवहादुर वलामीले जानकारी दिए ।

उनका अनुसार अविरल वर्षाको कारण स्थानीय बिमचा खोल्सामा आएको भलबाढीले घर वगाउंदा ३३ वर्षीय कमला बलामी वेपत्ता भएकी हुन् । उनका श्रीमान् ३५ वर्षिय आकाश वलामी घाइते भएका छन् ।

आकाशको काठमाडौमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रातीको समयमा आएको भलवाढीले घर वगाउंदा उक्त घटना भएको वडाध्यक्ष वलामीले वताए ।
उक्त खोलाले स्थानीय सात जनाको घरगोठ वगाएको वडाध्यक्ष पदमवहादुर वलामीले वताए । उनका अनुसार स्थानीय लालवहादुर, श्यामलाल, धनराज वलामीलगायत सात जनाको घरगोठ खोलामा आएको भलवाढीले वगाएको हो ।

 

वेपत्ता महिलाको खोजीका लागि कार्यको लागि आफनत, सर्वसाधारण तथा सुरक्षाकर्मी परिचालन भएका छन् । सशस्त्र प्रहरीको टोली पनि खटिएको छ ।
सो खोलामा आएको भलवाढीले पशुचौपायालगायत अन्य सामानसमेत बगाएको छ । सोही ठाउँमा रहेको सात वटा घरगोठ बगाउँदा लाखौंको भनमालसमेत नोक्सान भएको स्थानीयवासीको भनाई छ । उक्त घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेडांडाबाट सुरक्षाकर्मी उद्धारको लागि घटनास्थल पुगेको छ ।


सर्वाधिक रुचाइएको