वाढीले तीनहजार कुखुरा मरे

विदुर–अविरल वर्षात्संगै नुवाकोटमा बिपद्का विभिन्न घटनाहरु हुन थालेका छन् । वाढीले घरसंगै वगाउंदा वेपत्ता भएकी एक महिलाको शव एक दिनपछि शुक्रवार फेला परेको छ ।
वाढीले कुखुराफार्ममा पालिएका हजारौं कुखुरा, भैसी, पाडापाडी र खसि वाख्रासमेत मर्नुका साथै लाखौं रुपैया वरावरको धनमाल नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । लिखु गाउँपालिका ६ फगटेमा चन्द्रबहादुर बिष्टले संचालन गरेको बिष्ट पोल्ट्री फर्ममा रातीको अबिरल बर्षात्को कारणले फगटेखोलामा बाढी पसी पोल्ट्री फार्ममा रहेको दुई हजार आठसय ब्रोईलर कुखुरा मरेको छन् ।
कुखुराको दाना, औषधि र कुखुरासमेत गरी कुल १४ लाख रुपैया बराबरको क्षति भएको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटकै ककनी गापा १ गैह्रीटोलमा दीपक तामाङको गोठमा माथिबाट पहिरो खसी गोठ पुरिदा गोठमा पालिएको ५ वटा बाख्रा मरेको छन् ।
उता, ककनी गापा १ भसीबुस्थित बिमनचा खोलाले नजिकै रहेको घरगोठमा अचानक खोला पस्दा मध्यराती निदाइरहेको वेपत्ता ३२ वर्षिया कमला बलामीको शव एकदिन पछि शुक्रवार वेलुकी फेला परेको छ । घरगोठ वाढीले वगाउंदा उनका श्रीमान् ३६ वर्षिय अशोक बलामी घाइते भएको नुवाकोट प्रहरीले जनाएको छ ।
कमलाको शव निकै तल वेलकोटगढी नपा ५ कोल्पुटारस्थित कोल्पुखोलामा फेला परेको प्रहरीको भनाई छ । घाइतेको काठमाडौं पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।
वाढीले वगाउंदा गोठमा रहेको एउटा रागाँ, आठवटा बाख्रा बगाएको छ । वाढीले स्थानीय श्यामलाल बलामीको जस्ताको छाना, ईट्टा ढुंगाले बनेको एक १ तले घरगोठ, एउटा भैसी र हाते ट्याक्टर बगाएको, सुरेन्द्र बलामीको जस्ताको छाना, ईट्टा ढुङ्गाले बनेको एक तले घर गोठ र ५ वटा बाख्रा बगाएको, प्रविण बलामीको २ तले पक्की घर भित्र बाढी पसेर क्षति पु¥याएको, श्याम बलामीको एकतले गोठ र एउटा दुहुनो भैसी , दुइवटा पाडा बगाई लगेको, धनराज बलामीको एक तले घरगोठ र स्थानीय किसानहरुको ठुलो धानबालीमा बाढीले पुरिएको क्षतिको बिवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।