विदुर १ ए ले जित्यो भेट्रान कपको उपाधि

–नगद पुरस्कार थापे
लोकखबर
२०८२ असार १६, सोमबार २३:०३

विदुर–फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको त्रिशूलीमा सन्चालित भेट्रान कप फुटवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको सोमवार फाइनल खेल सम्पन्न भएको छ ।

उक्त प्रतियोतिाको उपाधि विदुर नपा १ ए फुटवल टिमले जितेको छ । विदुर नपा १ ए ले विदुर ९ लाई चारका विरुद्ध पांच गोलले पराजित गरि उपाधि उचालेको हो ।

त्रिभुवन त्रिशूली माविको खेल मैदान त्रिशूलीमा भएको फाइनतल प्रतिस्पर्धामा निर्धारित खेल समयमा दुवै समूहवाट आकर्षक खेल प्रदर्शन हुदै दुई÷दुई गोल भएको थियो । खेल वरावरी भएपछि ट्राइव्रेकरमार्फत निर्णय लिनु परेको थियो ।

ट्राइव्रेकरमा विदुर नपा १ ए ले विदुर ९ लाई चारका विरुद्ध पांच गोलले पराजित गरि उपाधि उपचालेको हो । प्रतियोगिताका विजेतालार्य विदुर नपाका मेयर राजन श्रेष्ठले पुरस्कृत गरे ।

उनले खेल जीवनले मानिसलाई सफल, सचेतनामुलक, शारिरीक तन्दुरुस्तीका साथै अनुशासित वनाउने वताए । यसवाट खेलाडिको पहिचान र खेलको प्रवद्र्धन हुने लक्ष्य लिइएको उनको भनाई छ ।

कार्यक्रममा उपमेयर प्रभा बोगटीले खेल क्षेत्रको प्रवद्र्धनका लागि यस प्रतियोगिताले मद्धत पु¥याएको वताइन् । खेलकुद गतिविधिलार्य विदुर नपाले प्राथमिकता दिइरहेको उनले वताइन् ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले खेलकुदले मानव जीवनमा सकारात्मक भावनाको विकास गर्ने वताए । अव नेपालमा पनि खेल पर्यटनलाई वढावा दिनुपर्ने उनले वताए ।

त्रिभुवन त्रिशूली माविको आयोजना तथा विदुर १ वडाको संरक्षकत्वमा सन्चालित प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपरतर्फ दिपेन्द्र खड्गी, उत्कृष्ट खेलाडीतर्फ जीवन अधिकारी, हाई स्कोरतर्फ अर्जुन अधिकारी, उत्कृष्ट डिफेन्सतर्फ राजाराम श्रेष्ठ र ज्येष्ठ खेलाडितर्फ लावसराज शाक्यले ट्रफि हात पारे ।

खेलाडिहरुको पहिचान, प्रवद्र्धन तथा संरक्षण गर्ने उद्धेश्यले प्रतियोगिता सन्चालन गरिएको प्रतियोगिताका संरक्षक तथा विदुर १ का वडाध्यक्ष लेनिन् रन्जितले जानकारी दिए ।

 


सर्वाधिक रुचाइएको