विदुरको वजेट सवा एक अर्व पारित

विदुर–नुवाकोटको विदुर नगरपालिकाको शुक्रवार सम्पन्न वजेट सभाले आगामी आर्थिक वर्षका लागि वजेट पारित गरेको छ । १७ औं नगर सभाको तेश्रो वैठकले प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम र वजेट सर्वसम्मत रुपमा पारित गरेको हो ।
झण्डै चार दशक पुरानो विदुर नपाको वजेट सभाले आगामी आव २०८२/०८३ का लागि कुल एक अर्व १३ करोड ८१ लाख ४३ हजार चारसय ४७ रुपैयाको आयव्यय विवरण पारित गरेको छ । नगर सभाले मेयर राजन श्रेष्ठद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम र उपमेयर प्रभा वोगटीमार्फत प्रस्तुत वजेट सर्वसम्मतीले पारित गरेको हो ।
विदुर नपामा चालु आवमा भने कुल एक अर्व १२ करोड ९९ लाख रुपैयाको वजेट पारित भएको थियो । आगामी आवका लागि प्रस्तावसहित पारित भएको वजेट केहि वढि रहेको छ ।
नगर सभाले आयतर्फ संघीय सरकारमार्फत अनुदान कुल ५९ करोड २३ लाख, राजश्व वांडफांडको रकम कुल ३४ करोड ४४ हजार चारसय ४७, नपाको आन्तरिक श्रोतको अनुदान कुल १२ करोड ३५ लाख, वागमति प्रदेश सरकारको अनुदान कुल आठ करोड २२ लाख ९९ हजार आम्दानी हुने प्रस्ताव पारित गरेको हो । व्ययतर्फ शसर्त चालु अनुदान ४३ करोड १९ लाख, चालुखर्च १४ करोड आठ लाख, नगर स्तरिय योजना तथा कार्यक्रम १० करोड ४० लाख, वडास्तरिय पुंजगित खर्च नौ करोड १० लाख, गत आवको भुक्तानी आठ करोड ७० लाख, संघीय समपुरक विशेष म्याचिङ ६ करोड, विषयगत शाखाहरुको योजना तथा कार्यक्रम पांच करोड ४० लाखलगायत विभिन्न १८ वटा शिर्षकमा कुल एक अर्व १३ करोड ८१ लख ४३ हजार चारसय ४७ रपैया व्यय हुने विवरण सभाले सर्वसम्मतीले पारित गरेको छ ।
यसका साथै नगर सभाले विभिन्न २१ व्टा विषयगत शाखामार्फत वजेट विनियोजन गर्दै पारित गरेको छ । महिला तथा वालवालिका शाखातर्फ ३६ लाख ४० हजार, कृषितर्फ ३० लाख, प्रशासनतर्फ १२ लाख, उद्योगतर्फ ११ लाख, राजश्वतर्फ ११ लाख ५० हजार, वातावरण तथा जलवायु शाखातर्फ आठलाख ५० हजार, विपद व्यवस्थापनतर्फ ४६ लाख, भुमि व्यवस्था शाखातर्फ ५० हजार, प्राविधितर्फ पांचलाख, शान्ति तथा सुव्यवस्थातर्फ दुर्य लाख, खेलकुदतर्फ २६ लाख, सहकारीतर्फ सातलाख ५० हजार, न्यायिक समितितर्फ २३ लाख ७१ ह्जार चारसय ९० र पशु सेवातर्फ २१ लाख ५० हजार रुपैया प्रस्तावसहित पारित भएको छ ।
यसका साथै रोजगार शाखातर्फ नौलाख, स्वास्थ्यतर्फ २२ लाख ९१ ह्जार, शिक्षातर्फ दुई करोड ४३ लाख ९६ हजार पांचसय, मनोविमर्शतर्फ चारलाख ३५ हजार, सूचना तथा प्रविधितर्फ ९३ हजार पांचसय १०, पन्जिकरणतर्फ एकलाख र सामीतर्फ १४ लाख २२ हजार रुपैया विनियोजनसहित पारित गरेको छ । नगर सभाले १३ वटै वडामा वडामार्फत वडास्तरिय र नपा कार्यालयले सावजै वडामा छुट्टै योजना तथा वजेट तय गरेर पारित गरेको छ ।
नपाले प्रत्येक वडालाई ७० लाख रुपैया वजेट उपलव्ध गराएर वडास्तरिय र नपाले छुट्टै रुपमा सवै वडामा ७५ देखि ९५ लाख रुपैयासम्मको वजेट विनियोजन गरि नगर स्तरिय योजना पारित गरेको छ । नगर सभाले कृषि, पुर्वाधार, संस्कृति, पर्यटन, व्यापार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा प्राथमिकता दिएर योजना ल्याएको मेयर राजन श्रेष्ठले वताए ।
उनले नगर सभामा सवै सदस्यहरुको राय सुझाव र सल्लाह अनुसार वजेट तथा कार्यक्रम पारित भएको वताए । यसअघि असार ९ र ११ गते नगर सभाको पहिलो र दोश्रो वैठक स्थगित भएकोमा शुक्रवार १७ औं नगर सभाको तेश्रो वैठकमा सर्वसम्मतीले पारित गरेको हो ।
प्रस्तुत नीति तथा कार्यक्रममाथि विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा नगर सभा सदस्यहरुले आआफ्नो राय तथा सुझाव दिएका थिए । कतिपय स्थानमा वजेट तथा कार्यक्रम छुट भएकोमा त्यसलाई समावेश गर्दै लगिने मेयर श्रेष्ठले वताए ।
बजेटमा संघीय सरकारबाट प्राप्त वित्तिय, समानीकरण अनुदान, ससर्त अनुदानसहित प्रदेश सरकारबाट प्राप्त विन्नि प्रकारका अनुदानसहित नपामा प्राप्त हुने कर तथा राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम समेत जोडिएको छ । उक्त बजेट विनियोजन(१) को ऐनद्धारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आव २०८२÷०८३ को लागि नगरपालिका, वडा समिति, विषयगत समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यको निमित्त विनियोजन गरिएको छ ।
मेयर राजन श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम र उपमेयर प्रभा बोगटीले बजेट पेश गरेकोमा रायसुझावसहित पारित भएको हो । मेयर श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै विदुर नपालाई आम नगरबासीले मेरो नगरपालिका हो भन्ने प्रत्याभुत गराउने प्रतिवद्धतासाथ आफूहरु अगाडि बढेको वताए ।
मेयर श्रेष्ठले कार्यक्रममा जनगुनासो सुन्न तथा त्यसको समाधानका लागि कार्यक्रम, उपमेयरसँग अन्य कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यस्तै पारदर्शीता र शुसाशन कायम गर्नका लागि मेयर र प्रमुख प्रशासकिय अधिकृत तथा विभागीय प्रमुखबीच कार्यसम्पादन सम्झौता गर्दै कर्मचारीहरुलाई कामप्रति जिम्ेमवार बनाउने र राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डसजायको व्यवस्था गर्ने पनि कार्यक्रममा उल्लेख छ ।
सार्वजनिक सुनुवाईका कार्यक्रम मार्फत नगरको कामलाई थप पारदर्सी र व्यवस्थित बनाउने पनि कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाका कर्मचारीको सरुवाका विषयमा पनि मापदण्ड तयार गरिने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा सार्वजनिक बिदाका दिन पनि सरसफाई, सडक निर्माण लगायतका अत्यावश्यक कामलाई अघि बढाईने उल्लेख गरिएको छ । सुशासनका लागि वडा कार्यलयमा रहेका पुराना फाइलहरुलाई विद्युतीय रुपा अघि बढाइने पनि कार्यक्रममा उल्लेख गरिको छ ।
सूचनाको हक सम्बिन्ध अधिकारका लागि परिपालना गर्दै स्थानीय एफएम तथा पत्रपत्रिकाबाट सन्देशमुलक सूचना तथा सन्देशहरु प्रवाह गरिने, विदुर नपाको प्रशासयिक भवन सञ्चालनमा आएपछि सबै शाखाहरुलाई व्यवस्थित रुपमा अघि बढाइने उल्लेख गरिएको छ । नपामा कार्यरत कर्मचारीहरुले स्वास्थ्य बिमा सहभागि हुन चाहेमा ५० प्रतिशत अनुदान प्रदान गर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यक्रममा दक्ष इमान्दार र कार्यसम्पादनमा उत्कृष्ट कर्मचाारीलाई सम्मान गरिने, नगर प्रहरीको कार्यसम्पादनलाई चुस्त र दुरुस्त बनाउन कार्यक्रम गरिने पनि उल्लेख गरिएको छ । नागरिकलाई नगरको बासिन्दा हु भन्ने सोच विकास गर्न राजश्व सम्वन्धि सूचना तथा जानकारी गराउने, बजारको सौन्दर्यलाई कायम राख्दै विज्ञापनदर निर्धारण गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
सम्पत्ति कर, बहाल करको दायर बढाउनका लागि करको दरमा छुट दिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । लामो समय कर नतिर्ने करदाताको अभिलेख सार्वजनिक गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
सबैलाई एकिकृत गरि राजश्व बढाउने पनि कार्यक्रममा उल्लेख गरिएको छ । नपाभत्र सबैभन्दा बढि कर तिर्ने करदाता र उत्कृष्ठ उद्योगीलाई सम्मान गर्ने पनि कार्यक्रममा उल्लेखे छ । व्यापार प्रवद्धको नीति लिने र फजुल र अनुत्पादक खर्च कटौटी गर्नेलगायतका वार्षिक नीति तथा कार्यक्रम र वजेट पारित भएको छ ।