गुुडिरहेको कारमा पहिरो खस्यो

विदुर–नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीको सडकमा गुडिरहेको गाडीमा पहिरो खसेको छ । घाइते र गाडीको उद्धार गरिएको छ ।
नुवाकोटवाट काठमाडौ प्रवेशका लागि छोटो दुरीको माछापोखरी–टोखा–छहरे–विदुर सडकखण्डमा पहिरोले कारमा क्षति गर्दा एक जना घाइते हुनुका साथै गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शिवपुरी गाउँपालिका–७ गेरगाउँ स्थित टोखा–छहरे सडकखण्डमा पहिरो खस्दा त्यसमा यात्रारत एक जना घाइते हुनुका साथै गाडीमा क्षति पुगेको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ ।
उनका अनुसार काठमाडौँबाट टोखा–छहरे सडकखण्ड हुदै नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश विएडी ३७७३ नम्बरको निजी कारमा माथिबाट पहिरो खसेर क्षति गरेको हो । उक्त कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ४५ वर्षीय श्यामकृष्ण श्रेष्ठ घाइते भएको डिएपि लामाले वताए ।
उनको हात र काँधमा चोट लागेको छ । उपचारका लागि अस्पताल लगिएको छ । घटनामा कारमा क्षति पु¥याएको छ भने पहिरोले उक्त सडक केहि घण्टा अबरुद्ध भएको थियो ।
यता, पासाङल्हामु मार्ग अन्र्तगत रहेको विदुर–त्रिशूली सडकखण्डमा विद्युतीय माइक्रोवस र मोटरसाइकल ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । उक्त सडकमार्गमा रहेको विदुर नगरपालिका १ ढुंगेमा बागमती प्रदेश ०६००१ज०१३८ नम्बरको विद्युतीय माइक्रोवसले शनिबार बा९२प १८४ को मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकल चालक घाइते भएका छन् । घाइतेको स्थानीयवासीले उद्धार गरेका हुन् ।