कलाकार श्रेष्ठको निधन
–पशुपतिमा अन्त्येष्टि

विदुर–अप्सरा आमाको उपनामले परिचित कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । नेपाली चर्चित हास्यव्यंङ्य टेलिसिरियल मेरी बास्सैवाट चर्चा वटुल्नुभएकी कलाकार श्रेष्ठको निधन भएको हो ।
कलाकार श्रेष्ठ लामो समयदेखि क्यान्सर पीडित थिइन् । श्रेष्ठको शुक्रबार राति निधन भएको थियो ।
श्रेष्ठको पशुपति आर्यघाटमा शनिवार अन्त्येष्टि गरिएको छ । श्रेष्ठ ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ को पृथक पात्रको भूमिकावाट चर्चामा आएकी थिइन् ।
उनको सोे भूमिका धेरै रुचाइएको थियो । उनलाई श्रद्धाञ्जली दिनका उनका पशुपति आर्यघाटमा आफन्त तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्र, टेलि चलचित्र, गीतहरुमासमेत अभिनय गर्नुभएकी कलाकार श्रेष्ठको शुक्रबार राति उनकै निवास कपनमा निधन भएको उनीसंगै केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला (विमली)ले जानकारी दिइन् ।