दुर्घटनामा घाइते युवकको ज्यान गयो

–गाडी र चालक पक्राउ
लोकखबर
२०८२ असार २१, शनिबार २०:४४

विदुर–नुवाकोटको पासाङल्हामु मार्गको विदुर–त्रिशूली सडकखण्डको ढुंगेमा शनिवार दुर्घटनामा परि घाइते भएका एक जना युवकको ज्यान गएको छ । प्रहरीले गाडी र चालकलाई पक्राउ गरेको छ ।

उक्त सडकमार्ग अन्र्तगत विदुर नगरपालिका १ ढुङ्गेमा विद्युतीय माइक्रोवस र विपरित दिशावाट आइरहेको मोटरसाईकल शनिवार दिउंसो एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक युवकको उपचारका क्रममा ज्यान गएको हो । विदुर १ ढुङ्गेस्थित विदुर–त्रिशूली सडक खण्डमा विदुरबाट त्रिशूलीतर्फ जादै गरेको बा९३प १८४ नम्बरको मोटरसाईकल र बिपरित दिशा त्रिशूलीबाट बट्टारतर्फ जांदै गरेको बाप्र०६–००१ज०१३८ नम्बरको यात्रुवाहक विद्युतीय माइक्रोवस एक आपसमा ठोक्किदा मोटरसाईकल चालक सख्त घाइते भएकोमा उपचारका क्रममा अपरान्ह ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परि ढुंगेवजारका २० वर्षिय सोहन भनिने रोनिश श्रेष्ठ गम्भीर घाइते भएकोमा उपचारको क्रममा ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल काठमाडौमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका युवक श्रेष्ठको उद्दार गरी उपचारको लागि तत्काल त्रिशूली अस्पताल लगिएकोमा त्यहां प्रारम्भिक उपचार गरि थप उपचारको लागि ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल टोखा काठमाडौमा पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनालगत्तै प्रहरीले विद्युतीय माइक्रोवससहित त्यसका चालक नुवाकोटको विदुर नपा ९ घर भई हाल कास्कीको पोखरा उपमहानगरपालिका १७ हिमालीटोल बस्ने ५८ वर्षिय यदुकुमार गिरीलाई सवारी साधनसहित नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको