बाढीले १२ वर्षपछि रसुवागढी–केरुङ विच्छेद
विदुर–चीनको तिव्वत हुदै आएको लेन्दो खोलाको वाढीले ठुलो धनजनको क्षति गरेको छ । अबिरल वर्षात्को कारण नेपाल–चीन सिमाना रसुवागढीस्थित लेन्देखोलामा बाढी आएर क्षति गरेपछि जनजीवन प्रभावित भएको छ ।

सडकमार्ग वाढी पहिरोले क्षति गरेपछि हवाई उद्धार सुरु भएको छ । सरकारी र निजी कम्पनीका हेलिकप्टरहरुले उद्धार सुरु गरेको हो ।

वाढीले रसुवागढी पुललगायत दर्जनौं संरचनामा क्षति गरेको छ । बाढी आएर १२ वर्षपछि नेपाल–केरुङ यातायात सम्पर्क विच्छेद भएको छ ।

१२ वर्ष अगाडि रसुवागढीस्थित लेन्दे खोलामा चीन सरकारले पक्कि मोटरेवल पुल वनाएका थियो । मंगलवार आएको भीषण वाढीले पुलको नामोनिशान नै मेटाएको छ ।

बाढी आएर सो मार्गवाट नेपाल–चीन आयातनिर्यात ठप्प भएको छ । राजश्वसमेत प्रभावित हुने भएको छ ।

बाढीले रसुवागढीस्थित लेन्दे खोलामा नेपाल–चीन जोड्ने मितेरी पुल वगाउनुका साथै धेरै संरचनामा क्षति गरेको गरेको गोसाइकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङको भनाई छ । धेरै क्षति भएको छ, मानिसहरु हराइरहेका छन्, तथ्यांक लिने कार्य सुरु गरिएको छ–तामाङले घटना विवरण सुनाउदै भने ।

लेन्देखोलामा आएको भीषण बाढीमा नौ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाइएको छ । वाढीका कारण तीन जना प्रहरीसहित १८ जना हराइरहेकोमा खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको भनाई छ ।

एक जना नेपाल प्रहरी, एक जना शसस्त्र प्रहरी र सात जना स्थानीयवासीको उद्धार गरिएको हो । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारको लागी खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्क विहीन रहेका छन् ।

रसुवा वन्दरगाह वनाउने कामदारसहित नौ जना नेपाली र ६ जना चिनीया गरी १८ जना सम्पर्क विहीन भएको प्रजिअ पौडेलले जानकारी दिए ।

आठ थान विद्युतीय गाडीहरु वगाएको, रसुवागढी विद्युत गृहको ड्याम तथा रसुवा भन्सार कार्यालय टिमुरेको यार्डमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

मंगलवार राती बिहान ३ बजेदेखि चीनको तिव्वत क्षेत्रमा परेको अविरल वर्षात्को कारण बाढी आएर रसुवागढीमा आवतजावत वन्द भएको हो । नेपाल – चिन प्रवेशका छोटो दुरीका रसुवागढी नाका जोड्ने मितेरी बगाउंदा सम्पर्क विच्छेद भएको हो ।

स्याफ्रुवेशीदेखि रसुवागढी जाने मार्गको टिमुरेसम्म विभिन्न १० स्थानमा पहिरो खसेका कारण उद्धारमा समस्या आएको छ । उक्त स्थानमा भएको वाढीले गरेको क्षतिको उद्धारमा प्रहरी निरीक्षक धनवहादुर धितालको नेतृत्वमा विभिन्न स्थानका ९४ जना प्रहरी परिचालित भएका छन् । 
वाढीले केहि कन्टेनर वगाउनुका साथै क्षतिसमेत गरेको छ । पहिरोले सडकमार्ग वन्द भएपछि उद्धारमा समस्या आएको छ । हवाई उद्धार सुरु गरिएको छ ।













































