मुख्यमन्त्रि लामा पुगे प्रभावितस्थलमा
हेलिकप्टरमार्फत उद्धार गरिएका दम्पत्तिलाई त्रिशूली अस्पतालमा पुगेर भेटे
विदुर– लेन्देखोलामा आएको वाढीले नेपालतर्फ धेरै क्षति पु¥याएपछि वागमति प्रदेशका मुख्यमन्त्रि वहादुरसिंह लामातामाङले मंगलवार प्रभावित स्थलको स्थलगत निरीक्षण गरेका छन् । उनले त्रिशूली नदीको भंगालोमा थुनिएर हेलिकप्टरमार्फत उद्धार गरिएका पाल्देन तामाङ र मंगली तामाङ दम्पत्तिलाई त्रिशूली अस्पतालमा पुगेर भेटेका छन् ।

मुख्यमन्त्रि लामाले वाढीले प्रभावित गरेको नुवाकोट र रसुवाको सिमाना तथा विभिनन स्थानको स्थलगत अवलोकन गरेका हुन् । उद्धारमा क्रियाशील हुन उनले मातहत निकायलाई निर्देशन दिए ।

मुख्यमन्त्रि लामाले मैलुङस्थित सडकमार्ग, त्रिशूली थ्रि ए जलविद्युत गृहलगायतका संरचनाको स्थलगत निरीक्षण गरेका हुन् ।

नेपाल–चीनको सिमाना ल्हेन्दे खोला हुदैँ त्रिशूली नदीमा गएराती देखि आएको बाढीले क्षति पु¥याएकोे विभिन्न स्थानको मुख्यमन्त्री लामा (तामाङ)सहित विदुर नपाका मेयर राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेसहित विभिन्न सुरक्षा निकायका प्रमुखहरु, किस्पाङ गाँउपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीलगायत सरोकारवालाहरुले स्थलगत अवलोकन गरेका हुन् ।

मुख्यमन्त्रिको टोलीले त्रिशूली नदीको बाढीले क्षति पुगेका स्थान विदुर नगरपालिका, किस्पाङ गाँउपालिका, रसुवाको उत्तरगया गाँउपालिकाको निरीक्षण अवलोकन तथा क्षतिको जानकारी लिइएको छ । जोखिम देखिएका स्थानका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह गरिएको छ ।

नेपाल बिद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण क्षति भएको थ्रि वी हवको निरीक्षण अवलोकन तथा क्षतिको जानकारी लिएका छन् ।










































