धेरै कर तिर्नेहरु सम्मानित
विदुर–नुवाकोटको विदुर नगरपालिकाले करदाता संरक्षण कार्यक्रम सन्चालन गरेको छ । कार्यक्रमअन्र्तगत नपाले सवै वडावाट धेरै कर तिर्ने एक/एक जना करदाता तथा व्यवसायीहरुलाई सम्मानित गरेको छ ।

विदुर नपाले वर्षभरी सम्वन्धित वडावाट सवैभन्दा वढि कर तिरेकाहरुको छनौट गरि १३ वडावाटै एक/एक जनालाई सम्मानित गरेको हो । यसवाट करदाताहरुको संरक्षण, व्यवसायमा उत्साह तथा हौसला पुगेको मेयर राजन श्रेष्ठले वताए ।

वडागत उत्कृष्ट करदाताका रुपमा सम्मानित भएकाहरुमा हिरावज्र वज्राचार्य, रुरल हेरिटेज प्रालि (रमेश भट्टराई), नेत्रप्रसाद रिमाल, भुवनकुमारी चित्रकार, तादी सिमेण्ट एण्ड लिमे इण्डष्ट्रिज(अजय आचार्य), मनवीर राई, कमलवहादुर अधिकारी, विनोद श्रेष्ठ, महेन्द्रमान श्रेष्ठ, नारायणप्रसाद खतिवडा, काशीनाथ प्याकुरेल, कुमार पण्डित र हर्कवहादुर तामाङ रहेका छन् । उनीहरु सवैलाई विदुर नपाका मेयर श्रेष्ठका साथै उपमेयर प्रभा वोगटी, प्रमुख प्रशासकिय अधिकृत शोभाकर पौडेल, सम्वन्धित वडाका वडाध्यक्षहरुले दोसल्ला ओढाउनकुा साथै सम्मानपत्र प्रदान गरेर सम्मानित गरेका हुन् ।

उनीहरुलाई नियमित रुपमा सर्वाधिक कर तिर्ने करदाताको रुपमा छनौट गरि सम्मानित गरिएको हो । यसका साथै सरकारले उपलब्ध गराएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बापतको रकम नलिने घोषणा गरेका एक वृद्धलाईसमेत सम्मानित गरिएको छ ।

विदुर नपा –४ का धननारायण चित्रकारले आफुलाइृ सरकारले उपलब्ध गराएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बापतको रकम आजीवन नलिने घोषणा गरेका कारण दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरि सम्मानित गरिएको छ ।












































