राउचुली हुदै गोसाइकुण्ड जाने वाटो निर्माण

-तादीमा दुई वाटो कोलोपत्रे
लोकखबर
२०८२ श्रावण १०, शनिबार १९:११

बिदुर-नुवाकोटको पुर्वी भेगमा रहेको तादीमा दुई वटा मोटरवाटो निर्माण गरिएको छ । जसमध्ये राउचुली हुदै गोसाइकुण्ड जाने वाटोसमेत रहेको छ ।

तादी गाउँपालिका ४ स्थित सातबिसेबाट बाघमारा– मालाभन्ज्याङ हुँदै राउचुली जाने बाटो निर्माण गरिएको छ । तादी गापा र वागमति प्रदेश सरकारको कुल दुई करोड ५० लाख रुपैयाका् लागतमा सो वाटो निर्माण गरिएको हो ।

जसमध्ये दुई किलोमिटर सडकखण्ड कालोपत्रेसमेत गरिएको तादी गापाले जनाएको छ । यसजाट ग्रामीण भेगका हजारौं सर्वसाधारणलाई सुविधा पुगेको तादी गापा अध्यक्ष सन्तमान तामाङको भनाई छ ।

यसका साथै तादी गापा ३ खरानीटारदेखि डांडागाउं टुटुङ दोर्खुपुल काल्चे गैरीखर्क हुँदै राउचुली गोसाइँकुण्ड जाने गाउँसडक योजना अन्तर्गत खरानीटार देखि जोगिगुफा हुँदै रिमालडांडा सम्मको भाग आस्फाल्ट कालोपत्रे गरेर सकिएको छ । सो सडक दुई करोड २५ लाख रुपैयाको लागतमा निर्माण गरिएको हो ।


सर्वाधिक रुचाइएको