दुप्चेश्वरमा शनिवार हजारौं भक्तजन
बिदुर–हिन्दुहरुको आराध्य देव भगवान शिवको विशेष पुजा आराधना गर्ने विशेष महिनाको रुपमा साउन महिनालाई लिने गरिन्छ । यहि साउनको दोश्रो शनिवार नुवाकोटको रामतीस्थित प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिरमा हजारौं भक्तजनहरुको आगमन भएको छ ।

दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा असंख्य भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ । पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायतको पहुंच र सहजतासंगै भक्तजनहरु आउने क्रमसमेत वढिरहेको दुप्चेश्वर गाउंपालिका अध्यक्षको सचिवालयका सचिव भुपेन्द्र केसीले जानकारी दिए ।

काठमाडौ तथा सदरमकुाम विदुरदेखि यातायातको सहजतासंगै दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साउनको दोश्रो शनिवार मात्र एकैदिन १० हजार भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेको केसीले वताए । दर्शन गर्नेहरुको लाइन वेलुकीसम्म नै रहेको थियो ।

दुप्चेश्वरमा शनिवार भक्तजनहरुले चढाएको तीन लाख रुपैया वढि भेटि संकलन भएको छ । भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
दुप्चेश्वरमा शनिवार १० हजार जनाले मन्दिर पुगेर पुजाआजा गरेका छन् । जसमध्ये ६० प्रतिशत महिला रहेका थिए ।

१० घण्टासम्म मन्दिर दर्शन गर्नका लागि लाइन वस्नु परेको थियो । दुप्चेश्वरमा शनिबार तीनलाख ७ हजार नौ सय ५० रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मन्दिरमा मध्यान्ह आरतीको एकलाख ७८ हजार ६ सय ५० रुपैया भेटी संकलन भएको छ । क्युआर कोडमार्फत चारहजार पांचसय पांच रुपैया भ्टी संकलन भएको छ ।
दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे सामूहिक रपमा गणना गर्ने कार्य भइरहेको छ । श्रेष्ठका अनुसार पछिल्लो एक वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार क्रियाशील रहेको बताए ।

यातायात र सुरलभ वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । उक्त स्थानमा पुगन नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ ।

हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । प्रसिद्ध दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।

यसैवीच, २०८१ साल साउ ७ गते सोमबारदेखि सुभारम्भ भएको दुप्चेश्वर धाम सन्ध्या आरतिको पहिलो संकल्पकर्ताका परिवारलाई सम्मानित गरिएको छ । दुप्चेश्वर ३ हुङ निवासी रोजबहादुरआचार्यका स–परिवारले शनिवार सन्ध्या आरती शुभारम्भ भएको दोश्रो बर्षको दोश्रो शनिबार पनि संकल्प गरि ५१ हजार एकसय ११ रुपैयाँ दुप्चेश्वर क्षेत्र बिकास र आरति ब्यबस्थापन लागि दान गरेका छन् ।

आचार्य परिवारलाई दुप्चेश्वर मन्दिर परिसरमा शनिवार आयोजित कार्यक्रममा दुप्चेश्वर गाउपालिका अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङलगायतले सम्मानपत्र प्रदान गरि सम्मानित गरे । उक्त अवसरमा गापा अध्यक्ष थापाले दुप्चेश्वरमा नेपाल मात्रै नभई भारतलगायत अन्य देशहरुवाटसमेत हिन्दु र वौद्धमार्गी दर्शन तथा पुजाआजाका लागि आउने गरेका कारण दुप्चेश्वर अन्र्तराष्ट्रिय तीर्थस्थल भइसकेको वताए ।












































