हराएकाहरु पोखरामा, खोजी दिनैभर सिन्धुलीमा…

– प्रहरीले सोधपुछ गर्दै, दुई घरमा वसेका थिए सवै
लोकखवर विशेष संवाददाता
२०८२ श्रावण १२, सोमबार २३:५९

विदुर–सिन्धुलीवाट वेखवर भएका हायु परिवार पोखराको गगनगौंडामा भेटिएका छन् । उनीहरुलाई प्रहरीले सोधपुछ गरेको छ ।
सिन्धुलीको गोलान्जोरका एकै घरका १६ जना, दुई घरमा बाँडिएर बसेको अवस्थामा फेला परेका छन् । सिन्धुलीबाट घर छोडेर वेखवर भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडामा भेटिएका हुन् ।

बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएको जिल्ला प्रहरी कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार, उनीहरु स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका हुन् ।
‘दुईवटा घरमा बाँडिएर बसेका रहेछन्,’ उनले भने । उनीहरूलाई इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको जिम्मा लगाइएको उनले बताए ।

होटेलमा ३ वटा कोठा लिएर वसेका 

प्रहरीका अनुसार उनीहरू गत शनिबार नै पोखराको होटेल जननीमा पुगेर बसेका थिए । उक्त होटेलका सञ्चालक सुनील भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए ।
उनका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए ।

शुक्रबारदेखि हराएका सिन्धुलीका हायू परिवारका सबै सदस्य कास्कीको गगनगौंडामा पोखराको माथिल्लो गगनगौँडा क्षेत्रबाट प्रहरीले भेट्टाएको हो । कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार १५ जनाले आफूहरू मजदुरीको काम गर्न पोखरा आएको बताएका छन् ।
उनीहरू गगनगौँडाका स्थानीयको घरमा बसिरहेको अवस्थामा फेला पारिएको ओलियाले जानकारी दिए । ’हामी लेबर काम गर्ने हो, यतातिर काम गर्छौँ भनेर काम खोज्न आएको भन्दै वसेका रहेछन्,।’ उनले भने, ’सबै जनालाई अहिले इलाका प्रहरी कार्यालयमा ल्याइएको छ ।

उनीहरू पोखरामा बस्न आएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ । उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको पनि खुलेको छ । पोखरा आएपछि

होटेलबाट चेकआउट,  स्थानीयको घरमा कोठा

एक दिन होटेलमा बसेका उनीहरू आइतवार मात्र होटेलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।’
उनीहरू १४/१५ दिन बस्ने योजनाले आएका भन्ने बुझिएको ओलियाले जानकारी दिए । होटेलबाट निस्किएको भोलिपल्टै अर्थात् सोमवार राती उनीहरूलाई प्रहरीले फेला पारेको हो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ बाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएको थियो । गाउँपालिकाले १६ जना बेपत्ता भएको जानकारी दिएको थियो ।
यद्यपि, प्रहरीको अनुसन्धानका क्रममा सुजता हायू भने श्रीमान्सँग काठमाडौँमा बस्ने गरेको खुलेको थियो ।

सिन्धुलीबाट घर र पशुचौपाया अलपत्र र वेवारिसे अवस्था छाडेर हिँडेका घरमूली ५२ वर्षीया उर्मिला हायूसहितका सोह्रैजना शनिबार दिउँसो ३ बजे पोखरा पुगेका थिए ।उनीहरूले पोखरास्थित होटेल जननीमा ३ वटा कोठा लिएर वसेका थिए । होटेल जननी सञ्चालक सुनील भुर्तेलका अनुसार बालबच्चासहित सोह्रैजनाको समूहले तीनवटा कोठा लिएर रात बिताएको थियो ।
‘उनीहरूले कोठा लिँदा नाम, थर र ठेगाना खुलाउन आनाकानी गरेका थिए । होटेलमा तीनवटा कोठा लिएर बसेका उनीहरूको अवस्था शंकास्पद लागेपछि आइतबार बिहान चेकआउट गरेर पठाइदिएँ’, भुर्तेलले भने, ‘लवाई खवाई र उनीहरूको व्यवहार अलिक शंकास्पद थियो । त्यसैले एक रात बस्न दिएर भोलिपल्ट बिदा गरेको थिएँ ।’
भुर्तेलका अनुसार उनीहरू होटेलमा ५ हजार रुपैयाँ तिरेर आइतबार अन्यत्र लागेका थिए । ‘उनीहरूको व्यवहार र चालचलन हेर्दा केही न केही गडबडी छ जस्तो पक्कै लागेको थियो’, उनले भने, ‘त्यहीकारण झमेलामा पर्नुपहिले नै मैले होटेलबाट चेकआउट गराएर पठाएको थिएँ । अहिले उनीहरू सिन्धुलीमा घर अलपत्र छाडेर हिँडेको समूह रहेको खुल्यो ।’

काम गर्न पोखरा आएको

सिन्धुलीको गोलन्जोर गापा ६ बाट बेपत्ता हायू परिवारका सबैलाई प्रहरीले फेला पारेर प्रहरीले चेकजाँच गरिरहेको छ । प्राप्त भएका नामावलीअनुसार उनीहरूको विवरण कास्की प्रहरीले रुजु गरिरहेको छ । उनीहरूले आफूहरू ज्यामी काम गर्न पोखरा आएको प्रहरीलाई बताएका छन् ।
परिवारकै १६ जना ४ दिनदेखि सम्पर्कविहीन भएको खबर सोमबार दिनैभर रातीसम्म नै चर्चामा रहेको थियो । एकान्तमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी व्यापक बनाइएको थियो ।
पुरै परिवार नै रहस्यमयी तरिकाले सम्पर्कविहीन भएको छिमेकीले बताएका थिए । घरपारि रहेको गोठमा पाडीलाई घाँस र कुँडो दिन गइरहने हायू परिवारलाई नदेखेपछि छिमेकी उनीहरूको घरमा पुगेका थिए ।

त्यसपछि छिमेकीले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । १५ मिनेटको दूरीमा रहेका छिमेकीले गोठमा रहेको पाडी भोकले कराएपछि मात्रै उनीहरुको खोजबिन गरेका थिए । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली, वडाध्यक्ष रवीन श्रेष्ठसहित घरमै पुगेर खोजतलास गर्दा कोही पनि भेटिएका थिएनन् ।

बिरामी पर्न थालेपछि नयाँ ठाउँको खोजी

पोखराको गगनगौंडामा सोमवार राती भेटिएका उनीहरुले प्रहरीलाई बताए अनुसार, उनीहरूले सिन्धुली गोलान्जोरको उक्त घरमा आफूहरू बिरामी पर्न थालेपछि नयाँ ठाउँको खोजीका लागि पोखरा आइपुगेको बताएका छन् । ‘सिन्धुलीको त्यो ठाउँमा हामी बिसन्चो भइरहेने भएको कारणले हामी नयाँ ठाउँमा आएका हौं भनेका छन्,’ प्रहरीसमक्ष उनीहरूले बताएका छन् ।

 

पटकपटक बिरामी पर्ने र उपचारका लागि अस्पताल जान पनि असहज भएपछि त्यहाँबाट हिँडेको उनीहरूले प्रहरीलाई बताएका छन् ।

मध्यरातमा घर छाडेको

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूका परिवारले शनिवार मध्यरातमा घर छाडेर हिँडेको पाइएको छ । एकै परिवारका १६ जना परिवारका सदस्य बेपत्ता भएपछि दिनभर स्थानीय जनप्रतिनिधिदेखि प्रहरी प्रशासनसम्म खोजी कार्यमा लागेको थियो ।
सोमवार राती अन्ततः उनीहरू पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, उक्त परिवारले गत साउन १० गते शनिवार राति १ बजे आफ्नो थातथलो छाडेका थिए ।

खनियाँखर्क–सिन्धुली–हेटौंडा–मुग्लिन हुँदै मधेश प्रदेश ०४–००१ज००८१ नम्बरको ईभी माइक्रोमा पोखरा पुगेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीको भनाई छ । ‘ईभी चालक जीवनसँगको कुराकानीको अधारमा रातको १ बजे घरबाट निस्केको देखियो, किन निस्के, किन घर छाडे भन्नेबारेमा प्रहरीले सोधपुछ गरेपछिमात्र थाहा हुन्छ,’ सुवेदीले भने ।


सर्वाधिक रुचाइएको