खुर्सानीवाट चिनाइदै वेलकोटगढी
बिदुर–नुवाकोटको बेलकोटगढी नगरपालिकाले खुर्सानीवाट आफ्नो नगरका किसानहरुलाई चिनाउने अभियान सन्चालन गरेको छ । नपाले व्यवसायिक अकबरे खुर्सानी खेतीलाई प्रवद्र्धन गर्दै कृषकहरुलाई प्रोत्साहन गरेको हो ।

किसानलाई बीउदेखि आवश्यक सामग्रीसम्म अनुदानमा उपलब्ध गराई अकबरे खुर्सानी खेतीतर्फ आकर्षण बढाइएको मेयर जगतबहादुर गुरुङको भनाई छ । गुरुङले किसानहरुसँग नियमित अन्र्तक्रिया गर्दै उनीहरुको समस्या, सम्भावना र प्रगतिका सम्वन्धमा जानकारी लिँने क्रममा अकवरे खुर्सानी खेतिको सुरुवात गरिएको हो ।

उनले स्थानीय किसानको आयआर्जन वृद्धिसँगै जीवनस्तर परिवर्तन गर्न कृषि पेसालाई आत्मनिर्भर र रोजगारीमुखी बनाउने उद्देश्यले सो नपामा कफी र अकबरे खेतीलाई प्राथमिकता दिइएको बताए । किसानहरुले अनुदनमा रोपेका खुर्सानीका वोटले अहिले धमाधम फल दिन थालेको छ ।

अकवरे खुर्सानी स्थानीय वजारका साथै सदरमुकाम तथा काठमाडौंसमेत पुग्न थालेको छ । वेलकोटगढी नपाका सयौं किसान अकवरे खुर्सानी खतिमा लागेका छन् ।
पहिले वडा नं. ३ र ४ का किसान उक्त अभियानमा सक्रियतापूर्वक आबद्ध भएकामा अहिले नपाभरी नै अकवरेको खेतिमा किसानहरु विस्तार भएका छन् । वेलकोटगढी कृषि उत्पादन भुमि हो ।

आधुनिक कृषि प्रणालीअनुसार व्यावसायिक रुपमा उत्पादन र बजारीकरणमा जोड दिइएको छ । उक्त नपाको ३ र ४ बाट सुरु गरिएको कफी र खुर्सानी खेती हाल नगरको सबै वडामा फैलिदै गएको छ ।
वेलकोटगढी नपाले गत आर्थिक वर्ष २०८१/०८२ मा अकबरे खुर्सानीको बिरुवामा ७५ प्रतिशत अनुदान दिएपछि नगरपालिकाको धेरै जमिनमा अकबरे खेती विस्तार भएको छ । ‘कृषकको जीवनस्तर उकास्न र बाँझो जमिन उपयोग गर्न कृषि कार्यक्रम अन्र्तगत अकबरे खुर्सानी खेती प्रवद्र्धन कार्यक्रम अघि बढाइएको मेयर जगतबहादुर गुरुङले वताए ।

उनले अगाडि भने– ‘बेलकोटगढीलाई अब अकबरे खुर्सानीको पकेट क्षेत्र बनाउने योजना छ ।’ पछिल्लो समयमा वेलकोटगढी १२ र १३ का किसानले यसलाई व्यावसायिक रुपमा अघि बढाउदै आइरहेका छन् ।
मेयर गुरुङको चाहना र लक्ष्य अनुसार जनप्रतिनिधि र कर्मचारीहरुको आवश्यक सहयोगले बेलकोटगढीको पहिचानमा अकबरे खुर्सानी बनाउने लक्ष्यसहित अगाडि वढिरहेको छ । सो नपाले एक लाख १२ हजार खुर्सानीका बिरुवा कृषि फर्म, समूह र सहकारीमार्फत वितरण गरिएको छ ।

अकवरे खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने देखिएकोले किसान पनि उत्साहित छन् । यसले कृषि पेशा प्रति आकर्षण बढाउनुका साथै गाउँमै रोजगारीका लागि विशेष भूमिका खेलेको उपमेयर शिवप्रसाद दाहालको भनाई छ ।
उनका अनुसार वेलकोटगढी नपाको सक्रियता, प्राविधिक सहयोग र अनुदान कार्यक्रममार्फत बेलकोटगढीलाई अकबरे खुर्सानीको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य अनुसार किसानहरु पनि निकै खटिएका छन् ।

बेलकोटगढी नपाभित्र व्यवसायिक अकबरे खुर्सानी खेतीलाई प्रवद्र्धन गर्दै नगरपालिकाले कृषकहरूलाई प्रोत्साहन गर्दै बीउदेखि आवश्यक कृषि सामग्रीहरू अनुदानमा उपलब्ध गराइरहेको छ । वेलकोटगढी नपा र किसानहरुको सामूहिक एकतावाट अगाडि वढेको यस कार्यक्रमवाट बेलकोटगढी नपालाई अकबरे खुर्सानीको पकेट क्षेत्रको रूपमा स्थापित गर्ने अवसर देखिएको छ ।











































