नयां भन्दा प्रतिलिपी नागरिकता लिने धेरै

– महत्वपुर्ण कागजपत्र सुरक्षामा लापरवाही
देवचन्द्र भट्ट
२०८२ श्रावण २०, मंगलवार २०:५१

बिदुर– नेपाली नागरिकको पहिचानका लागि महत्वपुर्ण दस्तावेज तथा प्रमाण नेपाली नागरिकताको प्रमाणपत्र हो । प्रत्येक नागरिक १६ वर्ष पुरा भएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता प्रदान गर्दै आएको छ ।

नागरिक वसोवास गरेको वडावाट तोकिएको अनुसूचि अनुसारको कागजपत्र र आवस्यक कागजपत्र   प्रमाणित भएपछि जिल्ला प्रशासनले निर्णयसहित नागरिकताको प्रमाण पत्र प्रदान गर्दै आएको छ । जीवनको महत्वपुर्ण कागजी दस्तावेज र प्रमाणको  रुपमा नेपाली नागरिकले आफ्नो नागरिकताको प्रमाणपत्रलाई लिने गरेको छ ।

यद्यपि, नुवाकोटमा भने नयां भन्दा प्रतिलिपी नागरिकता लिनेहरु धेरै रहेका छन् । दैनिक रुपमा नयां भन्दा प्रतिलिपी नागरिकता लिने नागरिकहरु वढिरहेका छन् ।

वितेको आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले नौहजार एकसय ९४ थान नेपाली नागरिकताको प्रतिलिपी प्रमाणपत्र जारी गरेको छ । सोही वर्ष वंशजका आधारमा नयां नागरिकता भने सातहजार नौसय २६ थान मात्र नयां नागरिकता वितरण गरेको छ ।

उक्त तथ्यांक अनुसार प्रशासनमा एक वर्षमा नयां भन्दा एकहजार दुई सय ६८ थान वढि प्रतिलिपी नागरिकता  जारी भएको छ । प्रशासनमा दैनिक रुपमा नयां भन्दा प्रतिलिपी नागरिकता लिनेहरु धेरै आउने गरेका छन् ।

प्रशासनमा दैनिक रुपमा ५५ थान वढि प्रतिलिपी नागरिकता र नयां ४० थान नागरिकता जारी हुदै आएको प्रशासकिय अधिकृत रुपेश नेपालले जानकारी दिए । उनका अनुसार कार्यालयमा हाल प्रतिलिपी नागरिकता लिन आउनेहरु वढि रहेका कारण उनीहरुको वर्षौ पुरानो अभिलेख खोज्न र अभिलेख भिडाउन भिडभाड हुने गरेको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता तथा वैंकमा खाता सन्चालन गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको कारण पनि त्यसका लागि नेपाली नागरिकता आवस्यक पर्ने गर्दछ । कतिपयको पुराना नागरिकतामा अक्षर तथा नम्वरहरु नवुझिने, फोटो खुइलिएको, चुत्रो भएका कारण प्रतिलिपी नागरिकता लिनेहरु वढेका हुन् ।

 

जिल्ला प्रशासन कार्यालय नुवाकोटवाट हाल दैनिक रुपमा एकसय ६० थान राष्ट्रिय परिचयपत्र जारी हुने गरेको छ । नागरिकता एक महत्वपुर्ण कागजपत्र हो । यद्यपि, यसको सुरक्षा र जतन गर्ने सवालमा नुवाकोटमा कमीकमजोरी देखिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको भनाई छ ।

नागरिकताका लागि अनुसूचि अनुसारको फर्म भर्नुका साथै सम्वन्धित वडावाट वडाध्यक्षले सिफारिस गरेपछि उचित भए नभएको निर्णय गरेर मात्र नागरिकता वितरण गरिने उनले वताए । हुमागाइका अनुसार नागरिकताको प्रमाणपत्रलाई सुरक्षित रुपमा नराख्ने गर्नाले विग्रिने, च्यातिने, पानी, हिलो लाग्ने हुने गरेको पाइएको छ ।

पुराना केहि नागरिकताको अक्षरहरु उड्ने त केहि रुपमा सामान्य लिइएको हो, यद्यपि नयां नै लिएकाहरुले पनि नागरिकतालाई जुन रुपमा सुरक्षित तवरले राख्नु पर्ने हो, सुरक्षा नगरेको पाइएको हुमागाइले वताए ।  जिल्ला प्रशासनमा गत वर्ष पांच जनाले वैवाहिक अंगीकृत नागरिकता र ३५ जनाले गैह्र आवासिय नागरिकता लिएका छन् ।


सर्वाधिक रुचाइएको