विभिन्न स्थानमा स्तनपान सप्ताह

– स्थानीय तहहरुले मनाए
लोकखबर
२०८२ श्रावण २२, बिहीबार २२:०९

बिदुर–नुवाकोटका विभिन्न स्थानका बस्तिहरुमा स्तनपान सप्ताह मनाइएको छ । स्थानीय तहहरुको अगुवाइमा विभिन्न स्थानमा स्तनपान सप्ताह मनाइएको हो ।

आमाहरुलाई स्तनपानको महत्व बुझाउने उद्धेश्यले नुवाकोटका विभिन्न स्वास्थ्य संस्था तथा स्थानीय तहहरुले विश्व स्तनपान सप्ताह मनाएका हुन । वेलकोटगढी नगरपालिकाले स्तनपानलाई प्राथमिकता दिऔः सहयोगी बाताबरण निर्माण गरौ भन्ने मूल नाराको साथ स्तनपान सप्ताह मनाएको हो ।

मेयर जगतवहादुर गुरुङले आम नागरिकलाई यसको महत्व र प्रभावकारिता दर्शाउन उक्त सप्ताह मनाइएको वताए । एक सातासम्म बेलकोटगढीका १३ वटै वडामा रहेका बस्तिहरुमा नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदान प्रति जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको छ ।

नवजात शिशु र आमालाई स्वस्थ राख्न स्तनपानको महत्वपूर्ण भुमिका हुने विषय दर्शाइएको छ । गाँउबस्तीहरुमा जन्मने नवजात शिशुको प्रारम्भिक पोषण, विकास र रोग प्रतिरोधात्मक क्षमताको लागि स्तनपान अत्यन्त महत्वपूर्ण हुनेहुँदा आमालाई स्तनपान गराउन प्रेरित गर्ने र सहज बनाउने विषयलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको वेलकोटगढी स्वास्थ्य शाखाले जनाएको छ ।

स्तनपानकै कारण वच्चाको स्वास्थ्य अवस्था मजनवुत हुनुका साथै स्तनपानले स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम पनि घटाउने भएकोले प्रत्येक घरपरिवारले स्तनपानको महत्व दर्शाइएको स्वास्थ्यकर्मीहरु वताउंछन् ।

यसका साथै नुवाकोटको अन्य स्थानमासमेत विश्व स्तपान सप्ताह विभिन्न कार्यक्तम गरि मनाइएको छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउन आब्हान गरेको थियो ।


सर्वाधिक रुचाइएको