प्रतिपक्ष माओवादी कार्यकर्ता प्रशिक्षणमा

– जनतामाझ जागरुक वनाउदै
लोकखबर
२०८२ श्रावण २३, शुक्रबार २०:१४

बिदुर–प्रमुख प्रतिपक्षि दल नेकपा माओवादीले नुवाकोटमा आफ्ना कार्यकर्ताहरुलाई जागरुक गराइरहेको छ । जसअन्र्तगत अगुवा कार्यकर्ताहरुलाई विशेष प्रशिक्षण दिएको छ ।

एक वर्षदेखि सत्ता वाहिर रहेको माओवादीले यस समयलाई सदुपयोग गर्दै कार्यकर्तामाझ पुगिरहेको छ । माओवादी केन्द्र नुवाकोटले १२ वटै स्थानीय तहका अगुवा कार्यकर्ताहरुलाई विदुरमा दुई दिनसम्म प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रदान गरेको छ ।
केन्द्रीयस्तरका आधा दर्जन नेताहरुले सहभागी प्रत्येक स्थानीय तहका १०/१० जना जनप्रतिनिधिहरुलाई राजनीति, अर्थ, दर्शन शास्त्रसहित विभिन्न १२ वटा विषयमा प्रशिक्षण दिएका थिए । सहभागी हुनेहरुमा अधिकांश जनप्रतिनिधि रहेका थिए ।
सहभागीहरुलाई माओवादी केन्द्रका नेता तथा वागमति इन्चार्ज हितमान शाक्यलगायतले संघीयता, समावेशिता, पर्यावरण संरक्षण, सामाजिक सन्जाल र संगठन, प्रभावकारी निर्वाचन परिचालन कला, प्रशिक्षण पद्धती र कला, संगठन सन्चालन र पद्धती, संगठन र नेतृत्व, वैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा, विश्व र नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहासलगायतका विषयमा प्रशिक्षण दिइएको जनाइएको छ । यस प्रकारको प्रशिक्षण समय समयमा भइरहेको माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने अरुणको भनाई छ ।


सर्वाधिक रुचाइएको