विभिन्न जात्राहरु एकैपटक मनाइदै

–युवा सहभागितामा वढोत्तरी
लोकखबर
२०८२ श्रावण २८, बुधबार २०:२६

बिदुर–मध्य वर्षात्को समयमा नुवाकोटको विभिन्न स्थानहरुमा विभिन्न प्रकारका जात्राहरु एकै पटक प्रदर्शन गरिएको छ । युवाहरुको अगुवाइमा मुख्य वजार तथा ग्रामीण भेगहरुमासमेत जात्रा देखाइएको हो ।

विभिन्न स्थानमा छुट्टाछुट्टै विशेषता भएका जात्राहरु देखाइएको हो । हात्ती जात्रा, सिपाही जात्रा, विहे जात्रा, हिलेजात्रा विभिन्न कार्यक्रम गरि मनाइएको हो ।

वट्टार, विदुर, त्रिशूली, अशोकवाटिका, वेत्रावति, ढिकुरेलगायतका स्थानहरुमा युवा तथा स्थानीय समुदायको अगुवाइमा ति जात्राहरु प््रदर्शन गरिएको हो । हिलेजात्रा सवै स्थानमा मनाइएको हो भने त्रिशूलीमा तानाकिसी अर्थात् हात्ती जात्रा, वट्टारमा विहेजात्रा तथा नुवाकोट दरवार क्षेत्र अशोकवाटिकमा सिपाही जात्रा मनाइएको हो । यि सवै जात्राहरुको आआफ्नो मौलिकता, विशेषता र पहिचान रहेको वुढापाकाहरु वताउंछन् ।


यद्यपि, स्थानीय पहिचानको संरक्षण र सम्र्वद्धन गर्न युवा समुदायले वुढापाकाहरुसंग अनुसरणसमेत गरिरहेका छन् । जात्रामा जनप्रतिनिधिहरुले समेत साथ दिएका छन् ।

विभिन्न पर्वहरुको अवसरमा नांच नचाउने परम्पराअनुसार उक्त जात्राहरु गरिएका हुन् । त्रिशूलीमा हात्ति नाच नचाइएको हो ।

विविध पूजा आराधानसहित विशेष प्रकारले बनाइएको हात्तीलाई बाजागाँजासहित बजारको विभिन्न स्थानमा परिक्रमा गराइएको स्थानीयवासी तथा विदुर नपा १ का वडासदस्य रामगोपाल श्रेष्ठले बताए । उक्त जात्रामा युवा, वृद्धवृद्धा तथा समाजका सवै समुदायका सर्वसाधारणको सहभागिता रहेको त्रिशूली विकास समुदायका सचिव प्रज्ज्वल सापकोटाले वताए ।

स्थानीय पहिचान, परम्परा र संस्कृति जोगाउन स्थानीय युवाहरुले तानाकिसी अर्थात् हात्ती जात्रा मनाउँदै आइरहेको अर्का युवा राजकुमार नापितले बताए । उनले युवा पुस्तामा संस्कृति हस्तान्तरणका लागि पनि यस्ता जात्राहरु प्रभावकारी रहेको बताए ।


सर्वाधिक रुचाइएको