सर्पले डस्दा एकको ज्यान गयो
– उपचारका क्रममा मृत्यु
बिदुर–नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्याका एक पुरुषको सर्पको डसाइवाट ज्यान गएको छ । उपचारका क्रमा अस्पतालमा मृत्यु भएको हो ।
पञ्चकन्या गाउंपालिका २ कबिलास सिक्रे घर भएका ५० वर्षिय पशुपति खनालको सर्पको डसाइका कारण सोमवार निधन भएको वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार खनाललाई गत साउन २४ गते शनिवार दिउंसो आफ्नै वारीमा मकै भौचिरहेका वेला सर्पले डसेकोमा उपचारका क्रममा ज्यान गएको हो ।

खनालको पहिले टेकु अस्पताल र पछिल्लो केहि दिनदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो । विषालु सर्पको डसाइले घाइते विरामी हुन पुगेका खनालको उपचारका क्रममा १० दिनको दिन मृत्यु भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।











































