वेद विद्याश्रमको भवन निर्माण
बिदुर–नुवाकोटको पुर्वी भेगमा रहेको त्रिवेणीमा वेद विद्याश्रम भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
पञ्चकन्या गाउँपालिका–५ र शिवपुरी गाउँपालिका ६÷७ को संगमस्थल त्रिवेणीमा नवनिर्मित श्रीकृष्ण तीर्थस्थल वेद विद्याश्रम गुरुकुलको नवनिर्मित २ तले भवन आइतबार उद्घाटन गरिएको हो ।

त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाद्वारा आयोजित कार्यक्रममा श्रीकृष्ण तीर्थस्थल पुर्ब सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधि सभा सदस्य हितवहादुर तामाङले उद्घाटन गरे । उनले सामाजिक सेवाको भावनाले पर्यटयिक स्थलमा यस प्कारको विकास हुनु निके्र महत्वपुर्ण रहेको वताए ।

तामाङले धार्मिक पर्यटकिय गतिविधिवाट आर्थिक गतिविधिमा वढोत्तरी हुने वताए । भवन उद्घाटन कार्यक्रममा पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला पाठककेसी शिबपुरी गापा उपाध्यक्ष वीरबहादुर तामाङ, वडाध्यक्ष रामबाबु पराजुली, धामका अध्यक्ष अर्जुन गुणीलगायतले धार्मिक क्षेत्रको विकासले आम सर्वसाधारणमा सकारात्मक धारणा वसेको वताए ।

नेपाल सरकारको कुल २७ लाख रुपैयाको बजेटमा भवनको निर्माण भएको हो । पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ र शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले वेद आश्रममा अध्ययनरत २/२ जना विद्यार्थीको लागि वार्षिक २४ हजार रुपैयाको दरले अभिभावकत्व ग्रहण गर्ने घोषणा गरे । उक्त स्थान नुवाकोटको पर्यटकिय स्थानका रुपमा भीड वढिरहेको छ ।












































