प्याव्सनले निकाल्यो विद्यार्थी वसको ¥याली
बिदुर–विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई समस्या हुने जनाउंदै नुवाकोटमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन प्याव्सनले आनदोलन गरेको छ । आन्दोलनअन्र्तगत विदुरमा विद्यार्थी वसको ¥याली गरेका छन् ।
सरकारले ल्याउन लागेको विधेयकमा पूर्ण छात्रवृत्ति शब्द राखिन नहुने, पूर्ण छात्रवृत्ति दिन नसकिने, गैरनाफामूलक बनाउन नहुने, छात्रवृत्ति वितरण गर्दा अधिकार सम्बन्धित विद्यालयमा हुनुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति दिन नहुनेलगायत माग प्याब्सनले राखेको छ ।

प्याब्सन नुवाकोटको नेतृत्वमा विदुरमा विद्यार्थीहरु चढ्ने आआफ्ना विद्यालयका बस ल्याएर वजारमा वस ¥याली गरेर विरोध गरेका हुन् । विद्यालयहरूका सवारीसाधनमा कालो ब्यानर टाँसी वसहरु नुवाकोटको बजार क्षेत्रमा उतारेका हुन् भने विदुर नपा ५ गगटेवजारबाट विद्यालयका बसका साथ ¥याली गरिएको थियो ।
वस ¥याली देवीघाट पुगेर पुनः फर्केर पिपलटार– बट्टार– बिदुर हुँदै त्रिशूली पुगेर समापन गरिएको थियो । जिल्लाभरका ३९ निजी विद्यालयहरुका ६० भन्दा धेरैविद्यार्थी वोक्ने वस, भ्यानलगायतका सवारीसाधनको ¥याली प्रदर्शन गरिएको आयोजक प्याव्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

विद्यालयका गाडीहरुलाई प्रहरीले स्कर्टिडसमेत गरेको थियो । प्रस्तावित विधेयककोे खबरदारीका लागि सम्पुर्ण सदस्य बिद्यालयहरु २० किलोमिटर प्रतिघण्टाको गतिमा विद्यार्थीका वसको ¥याली प्रदर्शन गरिएको कोषाध्यक्ष रामशरण रिमालले जानकारी दिए ।
उनका अनुसार शिक्षा विधेयकमा १५ प्रतिशत पुर्ण छात्रवृत्ति र निजि बिद्यालयहरु गैह्र नाफामुलक बन्नाउने भन्ने बुदाको बिरोध गर्दै प्याव्सनले आन्दोलन सुरु गरेको हो । सरकारले निजी शैक्षिक संस्थालाई समस्या बनाउन गरि ल्याइएको विधेयक आफूहरुलाई मान्य नहुने प्याव्सन विदुर समितिका अध्यक्ष रामराजा कुमालको भनाई छ । सरकारले आफूहरुको माग सुनुवाई नगरेको खण्डमा आन्दोलनालई अझ कडा रुपमा अघि बढाउने उनीहरुले चेतावनी दिएका छन् । यहि भदौं ९ गतेसम्म आफूहरुले उठाएका माग सम्बोधन नभए पुनः अनिश्चितकालीन विद्यालय हड्ताल गर्ने कार्यक्रम समेत प्याब्सनले सार्वजनिक गरिसकेको छ ।

संसदीय समितिले भने विहीवार विधेयकलाई पूर्णता दिएको छ । प्याब्सन नुवाकोटले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हितविपरीत रहेको जनाउंदै शुक्रवार विरोध कार्यक्रम गरेको हो ।












































