कुशे औंसीमा उत्तरगया र देवीघाटमा गरे श्राद्ध

– घरघरमा कुश भित्राइयो
लोकखबर
२०८२ भाद्र ७, शनिबार २३:२३

बिदुर–नेपालीहरुको एउटा विशेष पर्वका रुपमा कुशे औंसीलाई लिने गरिन्छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व शनिवार नुवाकोटसहित विभिन्न स्थानमा मनाइएको छ ।
उत्तरगया, देवीघाटलगायतका स्थानमा पुगेर आआफ्ना दिवंगत पिताको स्मृतिमा श्राद्ध तथा पिण्डदान गरेका छन् । यसका साथै घर घरमा अधिकांशले कुशसमेत भित्राएका छन् ।

भाद्रकृष्ण औँसीका दिन विशेषगरी नुवाकोट र रसुवाको सिमानामा रहेको उत्तरगयामा विशेष मेला लागेको छ । उत्तरगया परिसरमा दिवङ्गत पिताको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो लागेको थियो ।
चार धाम जानु अगावै जानु पर्ने उत्तरगयामा श्राछ गर्नेहरुको मेला लाग्ने गर्छ । त्रिशूली नदीको किनारामा रहेको उत्तरगया, देवघिाटलगायतका स्थानमा पिता दिवङ्गत भएकाहर शशरिर पुगेर तर्पण, सिदादान र पिण्डदान गरेका छन् ।
‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप कुशे औंशीका दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने पुरोहित नारायणप्रसाद अधिकारीको भनाई छ । उनका अनुसार बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राएर मनाइएको हो । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
भाद्रकृष्ण औँसीका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको अर्का पुरोहित अनन्त रिजालको भनाई छ । उनका अनुसार सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् ।
सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । कुशे औंशीका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ ।
कुशे औंशीका अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ ।

दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाई रहेको पण्डितहरुको भनाई छ । अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।


सर्वाधिक रुचाइएको