१४ हजार पशुचौपायालाई लम्पी स्किन खोप

८३ जना भ्याक्सिनेटर परिचालन
देवचन्द्र भट्ट
२०८२ भाद्र ८, आईतवार २२:३२

बिदुर– पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध नुवाकोटमा सन्चालित खोप अभियान सकिएको छ । साताव्यापी अभियानमा १४ हजार पशुचौपायालाई उक्त खोप लगाइएको छ ।

पशु सेवा कार्यालय नुवाकोटले गाई, भैसी, चौंरी तथा याकलाई लक्ष्यित गरेर सप्ताहव्यापी रुपमा लम्पी स्किन विरुद्ध खोप अभियान सन्चालन गरेको थियो । लक्ष्यित पशुचौपायालाई उक्त खोप लगाइएको कार्यालय प्रमुख डा. निशान्त शर्मागेलालले जानकारी दिए । उनका अनुसार अभियानका लागि ८३ जना भ्याक्सिनेटर नियुक्त भई परिचालन गरिएका थिए ।

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छि मन्त्रालयले लम्पी स्किन रोगविरुद्ध नुवाकोट, रसुवासहित वागमति प्रदेशभर सप्ताहव्यापी खोप अभियान सन्चालन गरेको थियो । उक्त खोप केन्द्रीय पशु सेवा विभागमार्फत उपलव्ध भएको थियो ।
कार्यालयले नुवाकोटमा रहेका १२ स्थानीय तहलाई लम्पी स्किन रोगविरुद्ध खोप प्रदान गरि भ्याम्सिनेटरमार्फत लगाइसकेको छ । डा. शर्मागेलालका अनुसार विदुर र वेलकोटगढी नगरपालिकालाई एक÷एक हजार र अन्य गाउंपालिकालाई आठ/आठ सय डोज खोप उपलव्ध गराइएको थियो ।

६ महिना उमेर भन्दा माथिका गाई, भैसी, चौंरी तथा याकलाई लक्ष्यित गरेर उक्त खोप लगाइएको हो । सात दिनको अवधिमा वर्खाको् समयसमेत भएका कारण उक्त अवधिमा खोप लगाउन नभ्याइएको पशु चौपायालाई समय थप गरिएको कार्यालय प्रमुख डा. निशान्त शर्मागेलालले जानकारी दिए ।

नुवाकोटसंगै जोडिएको हिमाली रसुवामा पनि पशुचौपायालाई पशु सेवा कार्यालय नुवाकोटले लम्पी स्किन विरुद्धको खोप प्रदान गरि लगाइसकिएको छ । उक्त जिल्लाका पांच स्थानीय तहमा परिचालन गरिएका २४ जना भ्याक्सिनेटरले पशुचौपाया पालिएका घरगोठमै पुगेर खोप लगाएका थिए ।

अझै पनि नुवाकोट र रसुवकाा वांकी रहेका स्थानमा पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाउने कार्य भइरहेको डा. शर्मागेलाले जानकारी दिए । लम्पी स्किन रोगविरुद्ध खोप लगाउनका लागि नुवाकोटमा ५९ जना र छिमेकी रसुवामा २४ जना भ्याक्सिनेटर परिचालित भएका थिए ।

उनीहरुले भ्याक्सिन लगाएको प्रति डोज २० रुपैया पारिश्रमिक पाएका छन् । यसवाट विशेष गरि पशुचौपाया गाई, भैंसीपालक किसानहरु लाभान्वित भएको अधिकृत भरत पाण्डेको भनाई छ ।

नुवाकोट र रसुवासहित बागमती प्रदेशका १३ वटै जिल्लामा एकैपटक खोप अभियान सन्चालन गरिएको थियोे । लम्पी स्किन रोग लागेका पशुमा उच्च ज्वरो आउने, मुख तथा नाकको भित्री भागमा घाउहरू देखिने, खुट्टाको जोर्नीहरू सुन्निने, पशुचौपायाका शरीरको छालामा ५० मिलिमिटर सम्मको गोलो गाँठाहरू देखा पर्ने, ती गाँठाहरू फुटेर घाउमा परिणत हुने लक्षणहरू देखिने पशु चिकित्सक डा. केशव खरेलले वताए ।

नुवाकोटमा धेरै जसोले गाइभैसी र रसुवामा याक चौंरी पालक किसानहरु धेरै रहको छन् । पशु प्राविधिकका अनुसार लम्पी स्किन रोग लागेमा पशुको दूध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ ।


सर्वाधिक रुचाइएको