दुर्घटनामा युवकको ज्यान गयो
बिदुर–नुवाकोटको पुर्वी भेगमा रहेको ककनीमा भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ । पर्यटकिय स्थल घुम्न आएका इलामको युवकका मंगलवार दिउंसो मोटरसाइकल दुर्घटनमा ज्यान गएको हो ।

पासाङल्हामु सडकमार्गको वालाजु–रानीपौवा सडकखण्डमा आफैंले चलाएको बाप्र.०२–०५५प५१४४ नम्वरको मोटरसाइकल दुर्घटनामा परि ईलामको माईजोगमाई गाउंपालिका ५ का ४२ वर्षिय किरण राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उक्त सडकमार्गको वीचमा रहेको ककनी गापा २ काउलेथानामा काठमाडौबाट ककनीको रानीपौवा तर्फ जादै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालक राइको टाउकोमा र मुखमा गम्भीर चोट लागेका कारण स्थानीयवासी र प्रहरीले उद्धार गरि उपचारको लागी काठमाडौ धापासिस्थित ग्रिनसिटी अस्पताल लगिएकोमा राइको उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्वनधमा अन्य अनुसनधान भइरहेको डिएसपि लामाले जानकारी दिए ।













































