बिद्युतीय यातायात मर्मत केन्द्र सन्चालन
बिदुर–नुवाकोटको त्रिशूलीवजारमा विद्युतीय यातायातको मर्मत केन्द्र सन्चालन गरिएको छ । विद्युतीय गाडीका धनीहरुलाई सुविधा पुगेको छ ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नेपाली विद्युतीय सवारीसाधन वितरक सिजी मोटर्सको त्रिशूली मर्मत केन्द्र नुवाकोटको कार्यक्रमकावचि उद्घाटन गरे । उनले समय, आधुनिकता र प्रविधिको वढोत्तरीसंगै अव सेवाग्राहीहरु विद्युतीय गाडीमा आकर्षित् भइरहेका कारण उनीहरको सुविधाका लागि मर्मत केन्द्र सन्चालन गरिनु प्रसंशायोग्य रहेको वताए ।

सिजी कम्पनीद्वारा आधिकारिकता प्राप्त नुवाकोट ई–सर्भिसिङ्ग सेन्टर प्राली त्रिशूली मर्मत केन्द्रको उद्घाटन कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटीले समयसंगै व्यवसायमा पनि परिवर्तन आएका नुवाकोटको विदुर नपाको त्रिशूलीमा सन्चालन भएको मर्मत केन्द्रले नुवाकोट र रसुवावासीलाई सुविधा पुग्ने वताइन् ।

कार्यक्रममा विदुरं १ का वडाध्यक्ष लेनिन रञ्जित, जिल्ला ट्राफिक प्रहरी प्रमुख आशुतोषवहादुर शाही, पासाङल्हामु यातायातका कुलवहादुर खड्गी, नेपाल माइक्रो तथा वस कम्पनी प्रालिका सन्चान्लक राजेन्द्र आचार्य, नेपाल माइक्रोवस यातायात समितिका अध्यक्ष नवराज आचार्यलगायतले गुणस्तरिय, पारदर्शी सेवावाटै ग्राहकहरु आउने वताए ।

नुवाकोटमा सिजी मोटर्सद्वारा स्थापना गरिएको पहिलो सेवा केन्द्र हो । टिमुरे यातायात अन्तर्गतका सात जनाको समूहले झण्डै ५० लाख रुपैयाको लागतमा सेवा र सञ्चालनको दायरा विस्तार गर्दै अत्याधुनिक सेवा केन्द्र सन्चालन गरिएको नुवाकोट इ–सर्भिसिङ्ग सेन्टर प्रालिले जनाएको छ ।













































