प्रशासनमा एकै महिनामा ५० लाख वढि राजश्व संकलन
बिदुर–जिल्ला प्रशासन कार्यालय नुवाकोटमा चालुआर्थिक वर्षको पहिलो महिनामै राजश्व संकलनमा वढोत्तरी भएको छ । साउन एक महिनामा मात्रझण्डै ५१ लख रुपवैया राजश्व संकलन भएको छ भने नयां राहदानी र प्रतिलिपी नागरिकता जारी वरावरी भएको छ ।
संकलित राजश्वमध्ये सवैभन्दा वढि नयां राहदानी जारीवाट संकलन भएको छ । प्रशासनमा एक महिनामा संकलित कुल राजश्व ५० लाख ५८ हजार पांच रुपैँया राजस्व सङ्कलन गरेको छ ।

साउन एक महिनामा नौसय ८३ थान राहदानीका लागि आवेदन भएकोमा आठसय ५२ थान राहदानी जारी भएको छ । राहदानीवाट मात्र ५० लाख ३२ हजार पांचसय रुपैया राजश्व संकलन भएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको भनाई छ ।
उनका अनुसार वितेको एक महिनामा प्रशासनवाट आठसय ८७ थान प्रतिलिपी नागरिकता र ६ सय ८५ थान वंशजका आधारमा नागरिकता वितरण गरिएको छ ।

कार्यालयको साउन महिनाको विवरणअनुसार एजेन्सी रजिष्ट्रेशनबाट १२ हजार, हातहतियार इजाजत दस्तुरबाट नौ हजार र प्रशासनिक दण्ड जरिवानाबाट पाँच हजार रुपैया राजस्व सङ्कलन गरेको छ । राहदानी वनाउने र प्रतिलिपी नागरिकता लिनेहरु वढि रहेको सहायक प्रजिअ कृष्णप्रसाद हुमागाइले जानकारी दिए ।
उनका अनुसार १२ स्थानीय तह हरकेो पहाडि नुवाकोटमा कार्यालयले पांचसय आठ थान राष्ट्रिय परिचय पत्र वितरण गर्नुका साथै तीनहजार ६६ जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरेको छ । यसका साथै कार्यालयले एक महिनामा ४२ जनाको नावालक परिचयपत्र, २५ थान टेण्ट र ३० थान त्रिपाल वितरण गरिएको सप्रजिअ हुमागाइले वताए ।

कार्यालयले एक महिनामा गैह्र आवासीयतर्फ चार थाना नागरिकता वितरण गरेको छ । अभद्र व्यवहारतर्फ चार थान मुद्धा दर्ता भएको र गत आवको जिम्मेवारी सरि आएकोसमेत गरि २२ थान मुद्धा फैसला हुन वांकी रहेको मुद्धा शाखाले जनाएको छ ।











































