जुवा खेलिरहेकाहरु नगदसहित पक्राउ

– २२ जना विरुद्ध मुद्धा, म्याद थप गरेर हिरासतमा 
लोकखबर
२०८२ भाद्र १२, बिहीबार १४:५६

बिदुर–ठुलो परिमाणमा नगदसहित नुवाकोटको गुर्जेमा जुवा खेलिरहेकाहरु पक्राउ परेका छन् । प्रहरीले म्याद थप गरेर हिरासतमा राख्ने अनुमति लिएको छ ।
सदरमुकाम विदुरदेखि ४० किलोमिटर पुर्वमा रहेको शिवपुरी गाउपालिका ६ गुर्जेभन्ज्याङमा रहेको बार्दलीइन होटलमा नुवाकोटमा जुवा खेलिरहेका २२ जनालाई कौडा र ठुलो परिमाणको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरी नायव उपरिक्षक विक्रम लामाको टोलीले उक्त स्थानमा  कौडा खेलीरहेको जानकारी पाएपछि छापा मारेको थियो ।
लमासहितको प्रहरी टोलीले ६ जना महिला सहित २२ जनालाई ३१ थान कौडा र   नगद  १० लाख ७१ हजार ६ सय रुपैयासहित जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । पक्राउ परेकाहरुलाई विदुरस्थित प्रहरीको हिरासतमा राखिएको छ भने  उनीहरुहरुलाई कानून बमोजिम पक्राउ गरी जुवा सम्वन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सात दिनको  हिरासतमा राख्ने म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपि रेग्मीको भनाई छ ।
चाडपर्वसंगै नुवाकोटमा जुवातास तथा कानुन विपरितका अन्य खेलहरु भइरहेको सर्वसाधारणले गुनासो गर्न थालेको प्रहरीले जनाएको छ । कानुन विपरितका जुनसुकै गतिविधि नगर्न प्रहरी तथा प्रशासनले सर्वसाधारणमा आग्रह गरेको छ ।


सर्वाधिक रुचाइएको