शिवपुरीमा लखिनश्वरी झरना महोत्सव

बिदुर–झरनै झरनाको विशेषता वोकेको नुवाकोटको शिवपुरी गाउँपालिकामा लखिनश्वरी झरना महोत्सव गरिएको छ । गर्मीमा काठमाडौंदेखि नजिक रहेको शिवपुरी गापाको ३ र ४ को संगमस्थलमा लखिनश्वरी झरना रहेको छ ।
उक्त झरना परिसरमा “लखनेस्वरी झरना महोत्सव” सम्पन्न भएको छ । शिवपुरी गापाका अध्यक्ष गोबिन्दप्रसाद थपलियाले महोत्सवको उद्घाटन गरे ।
अध्यक्ष थपलियाले आन्तरिक तथा वाहय पर्यटक वृद्धिका लागि यस प्रकारको झरनाले महत्व वोकिरहेको वताए । उनले पर्यटन र आआर्जन जोडिएका कारण यसको प्रवद्र्धनका लागि शिवपुरी गापाले आवस्यक सहयोग गर्ने वताए ।
कार्यक्रममा विशेष अतिथि गापा उपाध्यक्ष वीरबहादुर तामाङले यस प्रकारको झरनाले आन्तरिक तथा वाहय पर्यटकहरुको आगमनमा वढोत्तरी भइरहेको वताए । उनले यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना आवस्कयक रहेको वताए ।
सोही कार्यक्रममा शिवपुरी ३ का वडाध्यक्ष नाती तामाङ, ४ का वडाध्यक्ष तथा गापाका प्रवक्ता चन्द्रबहादुर गुरुङलगायत अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला, शिक्षक र स्थानीय सर्वसाधारणो सहभागिता रहेको थियो ।
करिव एकसय ५० मिटरको उचाइमा लाखिनश्वरी झरना अवलोकनका लागि नुवाकोट र काठमाडौवाट सर्वसाधारण पुग्ने गरेको वडाध्यक्ष नाती तामाङले वताए । शिवपुरीमै यसवाहेक शिवपुरी ६ मा छङछङ र चिलाउने झरना, ८ मा लौके र सानो छहरे झरना रहेका छन् ।
पहिलो पटक आयोजित लखिनस्वरी झरना महोत्सवमा स्थानीय उत्पादनहरु तथा चामलबाट बनेको सेल रोटी खुवाइएको थियो । विभिन्न कलाकारहरूको लोकदोहोरी गीतले उपस्थित दर्शकहरूलाई आकर्षित गरेको थियो ।
काठमाडौं नजिकै रहेको लखिनस्वरी झर्ना जान पहुँच योग्य स्थानमा रहेको छ । झरना हेरेर रमाइलो गर्नका साथै पौडी खेल्न सकिन्छ ।
झरनाको नजिक रहेको लखनेस्वरी महादेव मन्दिरमा दर्शन गर्न र भाकल पुरा गर्नका लागि पनि अवसर उपलब्ध छ । उक्त क्षेत्रको गुरुङ समुदायको सांस्कृतिक माहौल र स्थानीय अर्गानिक खानेकुराको स्वाद लिन सकिने स्थानले लखिनस्वरी झरनालाई विशेष र आकर्षक गन्तव्य बनाइएको शिवपुरी ४ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङको भनाई छ ।
लाखिनस्वरी झरना महोत्सवले उक्त झर्नाको आनन्दसँगै महादेवको दर्शन र स्थानीय उत्पादनको स्वाद लिन लखिनस्वरी झर्ना भ्रमण गर्न शिवपुरी गापा कार्यालयले आग्रह गरेको । शिवपुरी उच्च भेगमा रहेका कारण गर्मीयाममा पर्यटकहरु भ्रमणका लागि पुगिरहेका छन् ।