चलचित्र र अर्थतन्त्रको अन्र्तक्रिया

बिदुर–नेपालको चलचित्र र अर्थतन्त्र विषयमा अन्र्तक्रिया गरिएको छ । नेपाली चलचित्रको प्रवद्र्धन र समवद्र्धनवाट अर्थतन्त्रको विकासमा योगदान पुग्ने ठहर गरिएको छ ।
“सिनेमाज इकोनोमिक ईम्प्याक्ट“ अन्र्तक्रियामा चलचित्र र अर्थतन्त्रका वीचका विषयमा वृहत छलफल तथा वहस गरिएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा “एडभान्स कोर्ष अन म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट“ को मोड्युल “नो योर ईकोनोमी“ अन्तर्गत “सिनेमाज इकोनोमिक ईम्प्याक्ट“ वृहत अन्र्तक्रिया सम्पन्न भएको हो ।
नेपाल सरकारका २५ जना उपसचिवहरूको सहभागितामा ४० कार्यदिवसीय उक्त कार्यक्रममा चलचित्र क्षेत्रबाट कलाकार नायक रमित ढुंगाना र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको सहभागिता रहेको थियो । कार्यक्रममा अध्यक्ष डिसीले चलचित्रले अर्थतन्त्र र सामाजिक क्षेत्रमा गरेको परिवर्तन र योगदानका सम्वन्धमा धारणा राखे ।
उनले सहभागीहरूको जिज्ञासामा आफ्नो तथा वोर्डको संस्थागत धारणासमेत सार्वजनिक गरे । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका पुर्वसचिव रामशरण पुडासैनीले चलचित्र उद्योगका सकारात्मक प्रभाव र सम्भावनाका सम्वन्धमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।