प्रहरीलाई घुम्ती प्रशिक्षण
बिदुर–प्रहरी कारवाही विद्यिका सम्वन्धमा जानकारी दिने उद्धेश्यले नुवाकोटको विदुरमा प्रहरीहरुलाई आधारभुत कारबाही बिद्यि (घुम्ती प्रशिक्षण) तालिम दिइएको छ । तालिममा तल्लो दर्जाका प्रहरीहरुको सहभागिता रहेको थियो ।

६ दिनसम्म विदुरस्थित जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सञ्चालन भएको तालिममा “आधारभुत प्रहरी कारवाही बिद्यि विशेष जानकारी” दिइएको नुवाकोट प्रहरीले जनाएको छ । तालिममा प्रहरि वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरि सहायक हवल्दार, र प्रहरी जवानहरुको सहभागिता रहेको थियो ।

विशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण) कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहत प्रहरी कार्यालयमा कार्यरत ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिम समापन भएको छ । तालिमका सहभागिहरुलाइ जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले प्रमाणपत्र प्रदान गर्दै कानुन अनुसार निर्दोेषलाई नभई दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रहरी सदैव सक्रिय रहनुपर्ने वताए ।












































