दुप्चेश्वरको कल्लेरी र सरमथलीमा पहिरो
बिदुर–अविरल वर्षात्संगै पहिरो जांदा नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वरको कल्लेरी र सरमथलीमा सर्वसाधारणको घर तथा स्थानीय विद्यालयमा क्षति पुगेको छ । पहिरो नियन्त्रणका लागि तत्काल तीन वटै तह क्रियशील हुनु पर्ने पीडितहरुको माग रहेको छ ।

सदरमुकाम विदुरदेखि ४५ किलोमिटर दुरीमा रहेको दुप्चेश्वर गाउँपालिका ३ कल्लेरी र सरमथलीमा पहिरो जांदा सडकमार्ग, स्थानीयका घर तथा विद्यालयमा क्षति पुगेको छ । पहिरोग्रस्त स्थलको सोमवार पुर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्यअर्जुननरसिंह केसीसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।
केसीले पहिरो व्यवस्थापनका लागि तत्काल तीनै वटै सरकारलाई आग्रह गरेका छन् । मानवीय सुरक्षा र व्यवस्थापन पहिलो दायित्व भएका कारण सोही अनुसार सवै परिचालित हुन उनले सरोकारवाला पक्षलाई निर्देशनसमेत दिएका छन् ।

उनीसंगै संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, चिकित्सक संघका पुर्व अध्यक्ष डा. केदारनरसिंह केसी तथा दुप्चेश्वर गापाका जनप्रतिनिधिहरुले पहिरोग्रस्त स्थलको निरीक्षण गरेका हुन् । पहिरोले गरेको क्षतिको स्थलगत अबलोकन गरी नियन्त्रण तथा रोकथामको लागि सम्बन्धित निकायहरूमा आग्रह गरिएको स्थानीय युवा सामाजिक अगुवा सरोज केसीले वताए ।

उनका अनुसार अविरल वर्षात्संगै सरमथलीमा गएको पहिरोले स्थानीय कुमार थापा, गोकर्र्ण थापा, पाण्डब थापा, हरिशरण थापाको घरका साथै र भगबान आधारभुत विद्यालयमा क्षति पुगेको छ । सडकमा गएकोे पहिरो पन्छाउने काम गरिएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले वताए ।
उनका अनुसार पहिरोको व्यवस्थापनका लागि स्थानीय तहले उक्त विद्यालय र बस्तीको जोखिम हटाउनका लागि स्थायी समाधानको कार्य सुरु गरिएको छ । अविरल बर्षातका कारण उक्त स्थानमा पहिलो जाँदा स्थानीय भगवान आवी, समुन्द्रटार–राउतबेसी सडकमा समेत क्षति भएको छ ।

लगातारको वर्षापछि गएको पहिरोले विद्यालय र स्थानीयका घरसमेत जोखिममा परेको छ । स्थानीयवासीका अनुसार पहिरोले भगवान आधारभूत विद्यालयको भवनमा असर गरेको छ ।
पहिरोले अन्य घरहरू समेत जोखिममा परेको भन्दै स्थानीयवासी तनावमा परेका छन् । पहिरोका कारण सरमथली–हुङ्ग सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिराले बाटो बन्द हुँदा स्थानीयवासीलाई आवतजावतमा समेत समस्या परेको छ ।

बस्तीमाथि नै पहिरो खस्ने आत्रसमा स्थानीयहरू निदाउन सकेका छैनन् । पहिरोका जोखिम न्यूनीकरणका लागि तत्काल राहत तथा उद्धार कार्यको आवश्यकता रहेको भन्दै स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
गाउँनै पहिरोको उच्च जोखिममा रहेको भन्दै तीनै तहको सरकारले आवश्यक समन्वय गर्नुपर्ने स्थानीयले माग गरेका छन् । पहिरो गएको सरमथली पुगेर गापाका अध्यक्ष शंकरवहादुर थापा नेतृत्वको टोलीले अनुगमन निरीक्षणसमेत गरेको छ ।

अध्यक्ष थापाले पहिरोको कारण अवरुद्ध सडक संचालन गर्न स्काभेटर परिचालन गरिएको बताए । उनले जोखिममा परेका घर र विद्यालयको विषयमा सम्बन्धित निकायमा थप निर्णय गर्ने बताए ।
पहिरोले सर्वसाधारणको घर र विद्यालय क्षेत्रमा क्षति पु¥याएपछि प्रभावित परिवारलाई उचित राहत र दीर्घकालीन पहिरो रोकथामका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने पुर्वमन्त्रिसमेत रहेका अर्जुननरसिंह केसीले बताए । उक्त स्थान अन्न भण्डारका साथै पर्यटकिय स्थलसमेत हो ।
व्यक्तिगत खर्चमा वाटो मर्मतः
नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्या गापा ४ मा वर्षात्ले वाटो विग्रिएपछि व्यक्तिगत खर्चमा मर्मत गरिएको छ । स्थानीय मगला सडक मान्छे हिड्नसमेत नसक्ने भएपछि गापा उपाध्यक्ष बिमला पाठककेसीको अनुरोधमा सामाजिक अगुवाले व्यक्तिगत खर्चमा मर्मत गरेर सुचारु गरिदिएका हुन् ।

उक्त वाटो स्थानीय मीनकुमार केसीले सोमवार व्यक्तिगत खर्चमा मर्मत गरि आवागमन सहज बनाएको गापा उपाध्यक्ष पाठककेसीले वताइन् ।
पन्चकन्या गापा ४ सातबिसे–मगला सडक लामा टोल ठाडो बाटो बर्षातको पानीले विग्रिएर मान्छे आवतजावतमै असुविधा भएपछि उपाध्यक्ष बिमला पाठककेसीको सामाजिक सेवाको भावले व्यक्तिगत खर्चमा मर्मत गरि आवागमन सुचारु गरिएको केसीको भनाई छ ।












































