बाढीले पिच सडक वगायो

– यातायात अवरुद्ध
लोकखबर
२०८२ भाद्र २०, शुक्रबार २०:५६

बिदुर–नुवाकोटको पश्चिमी भेगमा रहेको कल्याणपुरमा शुक्रवार वेलुकी अविरल वर्षातसंगै आएको बाढीले पिच सडक नै वगाएको छ । आवतजावत ठप्प भएको छ ।
विदुर नगरपालिका ८ र १३ को वीचमा रहेको खुर्सानेखोलाले पुल छेउको १० मिटर पिच बाटो बगाएको स्थानीयवासी श्याम ओझाले जानकारी दिए । उनका अनुसार बाढीले सडक नै कटान गरेर यातायात अवरुद्ध भएको छ ।
पुलको पश्चिमतर्फ रहेको पिच सडक १० मिटर वगाएको छ । उक्त सडक नुवाकोटको सामरीलगायत उत्तरी धादिङवासी जाने वाटो हो ।
दैनिक ६० वटा वस, ट्रकलगायत साना गाडी तथा पांचसय थान मोटरसाइकल आवतजावत गर्ने सडक नै बाढीले कटान गरेपछि यात्रुहरु मर्कामा परेका छन् । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले शनिवार विहानैदेखि हेभि इक्युपमेण्ट लगाएर मर्मत सुरु गरिने वताए ।


सर्वाधिक रुचाइएको