ट्राफिकको राजश्व संकलनमा कमि
चार हजार वढि सवारी साधन कारवाही, १४ जनाको मृत्यु

बिदुर – नुवाकोटमा ट्राफिकको राजश्व संकलनमा कमी आएको छ । अघिल्लो आवको तुलनामा वितेको आर्थिक वर्ष २०८१/०८२ मा एक करोड २१ लाख २१ हजार पांचसय रुपैया कम राजश्व संकलन भएको छ ।
काठमाडौंसगै जोडिएको नुवाकोटमा पासाङल्हामु मार्ग, गंगटे–छहरे–टोखा सडकमार्ग, गल्छी–देवीघाट–त्रिशूली सडकमार्ग निकै नै चल्तीका सडकमार्गहरु हुन् । यद्यपि, सवारी साधन निकै गुडिरहेको भएपनि गत वर्षको तुलनमा राजश्व संकलनमा कमी आएको हो ।

गत आर्व २०८१/०८२ मा चारहजार एकसय ४६ थान यातायातका साधनलाई सवारी नियम उललंघन गरेका कारण कारवाही गर्नु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय विदुरले जनाएको छ । उक्त कारबाहीवाट कुल ४४ लाख ९३ हजार पांचसय रुपैया राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

एक वर्षको अवधिमा विभिन्न एकसय १० थान सवारी दुर्घटना भएको छ । एकसय १० सवारी दुर्घटनामा १४ जना पुरुषले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार उक्त दुर्घटनामा २९ जना गम्भीर घाइते र एकसय ८९ जना सामान्य घाइते भएका थिए । सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा ट्राफिक प्रहरीले सचेतनामुलक कार्यक्रमसमेत गरेको थियो ।

सवारीसाधन कारबाही अन्तर्गत मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ४९ वटा सवारी चालकलाई कारबाही गरिएको छ । जसवाट कुल २५ हजार पांचसय रुपैया राजस्व संकलन भएको ट्राफिक प्रहरी नुवाकोटले जनाएको छ ।

जनचेतनामूलक कार्यक्रम अन्र्तगत २७ विद्यालयमा दुई हजार एकसय ६ जना विद्यार्थीलाई कक्षा सञ्चालन, आठसय १५ पटकमा पटकमा ६० हजार२७ जना चालक तथा यात्रुहरूलाई ट्राफिक नियम सम्वन्धि सम्झाई बुझाई गरिएको, पर्चापम्प्लेट वितरण, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुईहजार दुई सय २२ पटकमा एकलाख ६० हजार आठसय दुई जनालाई समावेश गराउनुका साथै लागू पदार्थ सेवन गरी सवारी चलाउने सात जना चालकहरूलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट वुझाईएको ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक आशुतोषवहादुर शाहीले जानकारी दिए ।

सवारी दुर्घटना न्युनीकरणतर्फ चार सय ६ जना सवारी चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको छ । जस अन्तर्गत १३ जनाको रक्तचाप तथा ११ जनाको आँखामा समस्या देखिएको पाइएको छ ।

अघिल्लो आव २०८०/०८१ को अवधिमा भने १९ हजार सातसय थान सवारी साधनलाई कारवाही गरि कुल एककरोड ६६ लाख १५ हजार रुपैया राजश्व संकलन भएको थियो । सो अवधिमा एकसय एक साधनले मापसे गरेका कारण कारवाही गरि एकलाख ९ हजार ५ सय रुपैया राजश्व संकलन भएको थियो ।

९९ वटा दुर्घटनामा एकसय ४१ सवारी साधन संलग्न रहेको ट्राफिक प्रहरी नुवाकोटले जनाएको छ । जसअन्र्तगत १२ जनाको मृत्यु हुनुका साथै १२ जना नै गम्भीर घाइते २४ र एकसय ४७ जना सामान्य घाइते भएका थिए ।

उक्त घटना अन्र्तगत ११ वटा सवारी साधनलाइ मुद्दा दर्ता गरिएको थियो । सवारी दुर्घटना न्यूनीकरणतर्फ ४५ पटक विभिन्न विद्यालयमा ट्राफिक सचेतनाको कक्षा सन्चालन गरि ६ हजार नौसय २६ जना विद्यार्थीहरुलाई उक्त जानकारी गराइएको थियो ।

सातसय पटकमा ६८ हजार पांचसय ४७ जना चालक तथा यात्रुहरूलाई ट्राफिक नियमका सम्वन्धमा सम्झाई बुझाई गरिएको कार्यालयले जनाएको छ । ट्राफिक नियम सम्वन्धि ४५ हजार २ सय ९० प्रति पर्चा पम्प्लेट वितरण गरिनुका साथै १० हजार दुई सय १० जनालाई समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना गराइएको थियो ।

सवारी दुर्घटना न्यूनीकरणतर्फ १० पटक चालकहरूको स्वास्थ्य परीक्षण गरि ६ सय सात जना चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप भएका ७९ जना र आँखाको समस्या भएका ७७ जना भेटिएको र उपचारका लागि परामर्श समेत गरिएको थियो । वितेको आव २०८१/०८२ मा विभिन्न २५ थान मोडिफाई गरिएका मोटरसाइकलहरुलाई कारबाही गरिनुका साथै वास्तविक स्वरूपमा ल्याईएको ट्राफिक प्रहरी प्रमुख शाहीको भनाई छ ।

यस वर्ष ट्राफिक प्रहरीको राजस्व कम हुनुका विभिन्न कारणहरु रहेको जनाइएको छ । कारणहरुमा अनलाइन सिस्टमबाट जरिवाना सङ्कलन हुनु, यस आर्थिक वर्षबाट प्रत्यक्ष रसिदवाट जरिवाना नकाटी अनलाइनबाट जरिवाना काटिनु, ईचलानवाट काटिएका जरिवाना सेवाग्राहीले समयमा राजस्व दाखिला नगर्नु, काटिएका कागजपत्रहरु समयमा लिन नआउनु र नागरिक एप्सका माध्यमबाट जरिवाना काटिनुले राजश्व संकलनमा कमि आएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

