प्रभावकारी रुपमा कार्य सन्चालनमा जोड

– लक्ष्यित समुदायको प्रवद्र्धनको प्रतिवद्धता
लोकखबर
२०८२ आश्विन १०, शुक्रबार २१:४०

बिदुर–  लक्ष्यित समुदायको प्रवद्र्धनको प्रतिवद्धतासहित नुवाकोटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरुको सामूहिक अन्र्तक्रिया सम्पन्न भएको छ । विदुरस्थित कृषि विकास कार्यालय र पशु सेवा कार्यालय, ढुङ्गे, नुवाकोटको संयुक्त आयोजनामा वितेको आव २०८१/०८२ को वार्षिक प्रगति समिक्षा तथा चालु आव २०८२/०८३ को वार्षिक कार्यक्रम सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको हो ।
पशु सेवा कार्यालयमा सम्पन्न कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रम सिंहठकुरीले प्भावकारी रपमा किसानहरुको समुदायमा कार्यक्रम प्रवद्र्धन गरिनु पर्नेै वताए । कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख केशव खनाल, पशु सेवा कार्यालयका प्रमुख डा. निशान्त शर्मागेलाल, नुवाकोटका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखका साथै सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा वितेको वर्षको कार्य सम्पादन, देखिएका समस्या र समाधानका उपायबारे छलफल गरिएको थियो । आगामी वर्षका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ ।
कृषि विकास कार्यालयका प्रमुख केशव खनालले चालु आवका लागि कार्यालयमार्फत कुल ७ करोड ६ लाख ७३ हजार रुपैयाँ विनियोजन भएको जानकारी दिए । त्यसमध्ये ४ करोड ९६ लाख १३ हजार रुपैयाँ कार्यक्रमका लागि छुट्याइएको छ ।
उक्त कार्यक्रम अन्तर्गत साना सिंचाइ, उच्च मूल्य कृषि उपज प्रवर्धन कार्यक्रम, मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रम, उद्यमशीतला प्रवद्र्धन, संरक्षित संरचनामा तरकारी खेती प्रवद्र्धन तथा स्थानीय तहसँग समन्वयमा एक वडा एक कृषि उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । यसका साथै सोही कार्यक्रममा पशु सेवा कार्यालयले पनि योजना तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

कृषि विकास र पशु पालन सम्बन्धि कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने तथा स्थानीय स्तरमा प्रत्यक्ष लाभ पुग्ने खालका गतिविधिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गरेको कृषि विकास कार्यालयका प्रमुख केशब खनालले जानकारी दिए ।


सर्वाधिक रुचाइएको