मुस्ताङ हुदै नुवाकोट आइपुगे वडादशैंको च्याङ्ग्रा
बिदुर– त्रिदेशीय मार्ग अन्र्तगतको रसुवागढी नाका वाढीका कारण ठप्प भएपछि मुस्ताङ हुदै वडादशैंको च्याङ्ग्रा नुवाकोट आइपुगेका छन् । च्याङ्ग्राका पारखीहरुले खरिद गर्न थालेका छन् ।

पहिले रसुवागढी नाका हुदै सयौको संख्यामा वडादशैंको लागि च्याङ्ग्रा नुवाकोट हुदै काठमाडौसम्म पुग्ने गरेकोमा यस वर्ष वाढीले रसुवागढी नाकाको पक्कि पुल र सडकमार्ग क्षति गरेपछि व्यापारीहरुले मुस्ताङ पुगेर कोरला नाकाबाट दसैंका लागि च्याङ्ग्रा नुवाकोट ल्याइपु¥याएका हुन् । यसले च्याङ्ग्राका पारखीहरुको रहर केहि हदसम्म भएपनि शान्त पारेको छ ।

मुस्ताङ हुदै नुवाकोट ल्याइएका जिउंदो च्याङ्ग्रा प्रति किलोग्राम एकहजार दुई सय रुपैयामा विक्री भइरहेको व्यापारी प्रेमप्रसाद न्यौपानेले वताए । उनले विदुर नगरपालिका १ ढुंगे उकालोमा विक्रीमा लागि च्याङ्ग्रा केन्द्र राखेका छन् ।
च्याङ्ग्राका पारखी र स्वादका लागि खोजिए पनि स्थानीय वोका तथा खसिको तुलनामा दोव्वर महंगो मुल्य रहेका खरिदकर्ताहरु वताउंछन् । अहिले जिउंदो खसिवोका ६ सय रुपैया प्रति किलोग्राममा विक्री वितरण भइरहेको व्यापारीहरु वताउंछन् ।

च्याङ्ग्रा कोरला नाका भन्दा माथि चीनकै भुभागमा नेपाली खसिवोकाको तुलनामा महंगो रकम पर्न गएका कारण विक्रीमुल्यसमेत धेरै हुन गएको व्यापारीहरुले वताए । सदियौंदेखि वडादशैं, तिहारका लागि भेडाच्याङ्ग्रा तिव्वतवाट रसुवागढी नाका हुदै नुवाकोटवाट काठमाडौसम्म पुग्ने गरेकोमा वाढीले नाका वन्द हुनुका साथै अन्य विविध कारणले रसुवागढ िनाकावाट यस वर्ष एउटै पनि भेडाच्याङ्ग्रा नेपाल भित्रिएको छैन् ।

खसिवोकाको तुलनामा महंगो रकम पर्न गएपनि भेडाच्याङ्ग्रा हिमाली भेगको चिसो हावापानी र जडीवुटीलगायतका वनस्पति खाएर हुर्किएको कारण स्वादिलो र वोसोरहित हुने गरेको यसका पारखीहरु वताउंछन् । भेडाच्याङ्ग्रा खरिद तथा अवलोकन गर्न यसका पारखीहरुको भीड लागेको अर्का व्यापारी गुरुगोविन्द न्यौपाने वताउंछन् ।

रसुवागढी र तातोपानी नाका वन्द भएपछि यस वर्ष मुस्ताङबाट ३५ करोड रुपैयाभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा नेपाल आयात भएको जनाइएको छ । वडादसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्गबाट १४ हजार पांचसय गोटा भन्दा वढि भेडाच्याङ्ग्रा आयात गरिएको जनाइएको छ ।













































