वडावाटै सामाजिक सुरक्षा भत्ता
बिदुर- सेवाग्राहीहरुको सुविधाका लागि नुवाकोटको विदुर नगरपालिकामा वडावाटै सामाजिक सुरक्षा वापतको भत्ता वितरण गरिएको छ । यसवाट लाभग्राहीहरु निकै खुसी भएका छन् ।
बडादशैं लागेसंगै बिदुर नपा ५ को वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । एकैदिन पांचसय वढिले उक्त भत्ता वुझेका छन् ।

जेष्ठ नागरिक, ज्येष्ठ एकल महिला, अपाङ्गता भएका नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, दलित वालवालिकाहरुसमेत गरि सो वडामा पांचसय ५२ जनाले सानमाजिक सुरक्षा भत्ता वापतको रकम लिदै आएका छन् । चाडपर्व लष्यित गर्दै उनीहरुलाई वडा कार्यालयमै वोलाएर चालु आवको प्रथम त्रैमासिकको भत्ता वितरण गरिएको वडा सचिव शिवहरि गजुरेलले वताए ।

सहजताको लागि पहिलो पटक वडा कार्यालयबाटै समय व्यवस्थापन गरि सामाजिक सुरक्षा वापतको भत्ता बितरण गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेको भनाई छ । एकैदिन ५ सय चार जनाले सामाजिक सुरक्षा भत्ता वुझेका छन् ।













































