जालपादेवीमा शिवकुण्ड निर्माण

– मुख्य धार्मिक पर्यटकिय गन्तव्य वन्दै जालपादेवी
लोकखबर
२०८२ आश्विन ११, शनिबार २३:२३

बिदुर-  नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिर परिसरमा शिवकुण्ड निर्माण गरिएको छ । यसवाट भक्तजनहरु निकै खुसी भएका छन् ।

विदुर नगरपालिका ५ देवीघाटस्थित त्रिशूली र तादी नदीको संगमस्थलमा रहेको उक्त स्थानमा रहेको प्रसिद्ध जालपादेवी मन्दिरमा थप र विशेष आकर्षणका लागि शिवकुण्ड निर्माण गरिएको हो । नेपालकै मुख्य ऐतिहासिक तथा धार्मिक जालपादेवी मन्दिरसंगै निर्माण गरिएको शिवकुण्डमा एकसय आठ वटा पानीको फोहोरा सहितको शिव कुण्ड निर्माण गरिएको देवीघाट जालपा क्लवका अध्यक्ष नवीन चित्रकारले जानकारी दिए ।


बेलकोटगढी नपा १३ दाङ्मै स्थायी वासस्थान भई हाल अमेरिकामा वसोवास गर्दै आएका रुपक लोहनीले आफ्नो व्यक्तिगत खर्चमा पानीको फोहारा र रंगीचंगी विद्युतीय संरचनासहितको उक्त शिवकुण्ड निर्माण गरेका हुन् । यसवाट मन्दिरको सौन्दर्यता र पहिचानमा थप विशेषता थपिएको छ ।

जालपादेवी मन्दिर त्रिदेशिय सडकमार्ग अन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी सडकमार्गको वीचमा रहेको पर्यटकिय देवीघाट वजारमा रहेको छ । सडकमार्गको पहुंचमा रहेका कारण उक्त मन्दिरमा नवरात्र तथा शनिवार, मंगलवार तथा वैशाख शुक्ल पुर्णिमाका दिन विशेष मेला लाग्ने गरेको छ ।


सर्वाधिक रुचाइएको