दुई दिनमा तीन दुर्घटना
बिदुर– चाडपर्वको समयमा नुवाकोटमायातायात दुर्घटनामा वढोत्तरी भएको छ । वढ्दो सवारी साधनको चापका साथै चाडपर्वको समयमा दु।र्घटना वढिरहेको प्रहरीले जनाएको छ ।
नुवाकोटको विभिन्न सडकमा दुई दिनमा तीन दुर्घटना भएका छन् । दुर्घटनामा मानव हताहती भने भएको छैन् ।

मानवीय क्षति नभएपनि सवारी साधनको क्षतिको आंकलन गर्दा लापरवाहीपुर्ण तरिकाले सवारी साधन दुर्घटना भएको पाइएको प्रहरीको निष्कर्श रहेको छ । दुई दिनमा दुई वटा विद्युतीय माइक्रोवस र एउटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनाको प्रकृति हेर्दा होसियारपिुर्वक सचेत भएर सवारी साधन चलाउन आग्रह गरिएको प्रहरी निरीक्षक विनोद ढकालको भनाई छ । यसैवीच, त्रिदेशयि मार्ग अन्र्तगत पिपलटारमा आइतवार एउटा विद्युतीय माइक्रोवस दुर्घटनाग्रस्त भएको छ ।

गल्छी–देवीघाट–विदुर–रसुवागढी सडकमार्गको वीचमा रहेको विदुर नगरपालिका–५ माझिटारस्थित वडा कार्यालय नजिकै एउटा विद्युतीय माइक्रोवस दुर्घटनाग्रस्त भएको छ । पिपल्टारबाट बट्टारतर्फ जांदै गरेको ००१ज४६८ नम्बरको उक्त माइक्रो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा माइक्रोवस क्षतिग्रस्त भएको छ भने मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












































