ज्येष्ठ नागरिकसंग गापा अध्यक्ष कार्यक्रम

– एकहजार सातसय जनालाई भत्ता वितरण, पांचसय ५० जनाको स्वास्थ्य परिक्षण
लोकखबर
२०८२ आश्विन १२, आईतवार २२:२८

बिदुर– नुवाकोटको तारकेश्वर गाउँपालिकामा ज्येष्ठ नागरिकसंग गापा अध्यक्ष कार्याक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको उक्त कार्यक्रम अन्र्तगत गाउंटोलमै पुगेर ६ वटै वडामा वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षणसमेत गरिएको छ ।
यससंगै ज्येष्ठ नागरिकसंग गाउँपालिका अध्यक्षसँग कार्यक्रम एकैसाथ सम्पन्न भएको छ । तारकेश्वर गापामा ६ दिनमा तारकेश्वरका सवै ६ वटै वडामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

तारकेश्वर गापाको सवै वडामा उक्त कार्यक्रम सम्पन्न भइसकेको छ । प्रत्येक वडा कार्यालयमा पुगेर एकहजार सातसय जनालाई चालु आवको पहिलो त्रैमासिकको भत्ता वितरण गरिएको गापाले जनाएको छ । गापा कार्यालयका अनुसार ज्येष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रमले गापा अध्यक्षसंग ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुले विविध विषयहरुमाथि अन्र्तक्रियासमेत गरेका थिए ।
सामाजिक सुरक्षा भत्ता वितरणसँगै पांचसय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । सवै स्थानमा गरेर सांढे तीन लाख रुपैया वरावरको औषधिसमेत निःशुल्क वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख छविलाल केसीले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य परामर्शसमेत गरिएको थियो भने यसलाई निरन्तरता दिइने गापा अध्यक्ष शिव अधिकारी अविरलको भनाई छ । उनका अनुसार ज्येष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सम्पन्न गर्न पञ्जीकरण र स्वास्थ्य शाखा क्रियाशील भएको थियो ।
मुख्य चाडपर्वलाई ध्यानमा राखी वडादसैंअघि नै उक्त भत्ता वितरण गर्ने योजना अनुसार उक्त कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष अधिकारीले वताएका छन् । यसअघि विगतमा सामान्यतया आर्थिक वर्षको पहिलो त्रैमासको भत्ता वितरण गर्ने समय असोज मसान्तसम्म हो ।

अध्यक्ष अधिकारीले अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रमलाई थप प्रभावकारी बनाई जनगुनासो नआउने गरी काम गर्न सम्वन्धित शाखाहरुलाई थप निर्देशन दिएका छन् । उनले कार्यक्रमलाई प्रभावकारी बनाउन समन्वय र सहजीकरणका लागि सबै वडाका वडाध्यक्षहरूलाई आग्रह गरेका छन् ।
यसवाट समयमा भत्ता वितरण नहुने र ज्येष्ठ नागरिकहरुले झन्झट बेहोर्नुपर्ने समस्याको अन्त्य गर्दै उक्त गापाले प्रत्येक ३/३ महिनामा वडा वडामा कार्यक्रम गरी आमाबुबाहरूको निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्शसँगै वृद्धभत्ता वितरण गर्ने अभ्यासस्वरूप ‘ज्येष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सम्पन्न गरिएको हो । उक्त कार्य अन्र्तगत भत्ता वितरण, निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्शलगायतका कार्यक्रम गरिएका हुन् ।


सर्वाधिक रुचाइएको