सयौं कुकुरलाई एकैपटक रेविज विरुद्धको खोप

– स्वास्थ्य सुरक्षामा जोड
लोकखबर
२०८२ आश्विन १२, आईतवार २२:५०

बिदुर– स्वास्थ्य सुरक्षामा जोड दिदै नुवाकोटको विदुरमा सयौं कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको छ । रेविज रोग विरुद्ध सचेतना कार्यक्रमसमेत गरिएको छ ।
विदुर नगरपालिकाले विभिन्न निकायहरुसंग समन्वय गर्दै नगर क्षेत्रका कुकुरहरुलाई रेविज विरुद्ध खोप लगाएको हो । प्राविधिकसहितको टोलीले चार दिनसम्म घरमा पालेका तथा सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सिन लगाएका हुन् ।

विश्व रेबिज दिवसको अवसरमा सञ्चालन गरिएको सामुदायिक तथा वजारमा रहेका, तथा घरपालुवासमेत गरि एकसय ५० वटा कुकुरहरुलाई उक्त भ्याक्सिन लगाइएको विदुर नपाको पशु सेवा शाखाले जनाएको छ । कुकुर, बिरालोलाई रेबिज रोग बिरुद्वको खोप कार्यक्रम अन्तरगत कुल एकसय १५ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको पशु सेवा शाखाकी सुजाता अधिकारीको भनाई छ ।

उक्त खोप कार्यक्रम अन्र्तगत कुकुरहरुलाई खनोप लगाउनुका साथै रेविज विरुद्ध सचेतनाका लागि अन्र्तक्रिया तथा सामूहिक ¥यालसिमेत गरिएको छ । उक्त अभियानले विदुर नपालाई रेबिज रोगमुक्त वनाउनको लागी सहयोग पुगेको मेयर राजन श्रेष्ठले वताए ।

खोप कार्यक्रम सञ्चालनमा पशु सेवा कार्यालय नुवाकोट, पोष्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालय, नेपाल एग्रोभेट टेक प्रालिले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रमको समापनका अवसरमा आइतवार उक्त खोप कार्यक्रममा सहभागी प्राविधिकहरुलाई पोष्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयले सम्मानित गरेको छ ।

 

 

 

 

 


सर्वाधिक रुचाइएको