भैरवीकी कुमारीले नयां वस्त्र तथा आभुषण पहिरिइन्
बिदुर-धार्मिक तथा ऐतिहासिक रुपमा महत्वपुर्ण नुवाकोटको भैरवीमा नयां कुमारी कायम गरिएसंगै नयां वस्त्र र आभुषण पहिराइएको छ । दुई साता अगाडि कायम गरिएकी कुमारीलाई विशेष रुपमा नयां बस्त्र र आभूषण चढाइएको हो ।

विदुर नगरपालिका २ नुवाकोट टाकुरोमा रहेको भैरवीकी कुमारीलाई कार्यक्रमकावीच बस्त्र र आभूषण चढाइएको हो । भैरवी मन्दिर परिसरमा ६ वर्षिया कुमारी प्रार्थी डंगोललाई कार्यक्रम गरी बस्त्र र आभूषण चढाइएको हो । सम्पदा संरक्षण अभियानका संरक्षक रबि शाक्यबाट कुमारीलाई प्रदान गरिएको मुकुट, गरगहना र बस्त्र चढाइएको हो । कुमारी रजश्वला हुनुभन्दा अगाडि नै परिवर्तन गरिन्छन् र नयाँं कुमारी राखिन्छन् ।

सम्पदा संरक्षण अभियानका संरक्षक तथा दाता रवि शाक्यद्वारा नक्वाः कुमारी प्रार्थी डंगोललाई दुई साता अगाडि मात्र विशेष पुजाआजासहित विदुर नगरपालिका २ नुवाकोट टाकुरोमा रहेको भैरवी मन्दिरमा नवरात्रको साइत पारेर नयां कुमारी पदस्थापना गरिएको थियो । बस्त्र र आभूषण चढाइएको कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बिदुर धार्मिक, सास्कृतिक तथा सम्पदाको धनी भएका कारण सदियौं पहिलेका पहिचानलाई निरन्तरता दिनु सवैको दायित्व र कर्तव्य भएको वताए । उनले विदुरलाई धार्मिक पर्यटकिय गन्तव्यका रुपमा अगाडि वढाउने अभियान रहेकोसमेत वताए ।

कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा वोगटी, विदुर १ का वडाध्यक्ष लेनिन रन्जित, बिदुर २ का कावा वडाध्यक्ष आनन्दलाल श्रेष्ठ, कुमारी व्यवस्थापन समितिका संयोजक विजयमानसिंह डंगोललगायतले नुवाकोट धार्मिक, सांस्कृति, मौलिकता तथा विविधताको समिश्रण रहेका कारण यसको प्रवद्र्धनका लागि सवै क्रियाशील हुनु पर्ने वताए । नुवाकोटको प्रसिद्ध भैरवी मन्दिरमा एकसय ५० वर्ष पुरानो कुमारी परम्परालाई जीवन्त राखी नयाँ कुमारी देवी पूजापाठ सहित परम्परागत तरिकाले स्थापना गरी नुवाकोट परिक्रमा गरी नयाँ कुमारी देवी प्राथी डंगोलको पदस्थापना गरिएसंगै उनलाई भैरवी मन्दिर परिसरमा रहेको शितलपाटीमा मुकुट, गरगहना र बस्त्र चढाइएको हो ।

भैरवी माविकोे बालविकास कक्षामा अध्ययनरत ६ वर्षिया प्रार्थी डंगोल आश्विन शुक्ल प्रतिपदाबाट विधिवत रूपमा नुवाकोटको भैरवीको कुमारीको रुपमा पदस्थापन गरिएको र उनलाई नयां वस्त्र र आभुषण पहिराइएको विदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थले वताए । यस अगाडिकी कुमारी सामाजिक विद्यिका कारण अवधि सकिएपछि प्रार्थी नयां कुमारी भएकी हुन् । आस्था, श्रद्धा र भक्तिका रुपमा नुवाकोटमा लामो समयदेखि लोप हुन लागेको संस्कृतिलाई संरक्षणका लागि स्थानीयवासी, जनप्रतिनिधि, संस्कृतिकर्मी जुटेका छन् । नुवाकोटवाटै पृथ्वीनारायण शाहले नेपाल एकिकरणको सुरुवात गरेको र काठमाडौवाट नजिक रहेको कारण सर्वसाधारण धार्मिक पर्यटनका लागिसमेत नुवाकोट पुगिरहेका छन् ।













































