वर्षातले जनजीवन प्रभावित

– नदी खोलामा जल सतह वढे, सचेत रहन आग्रह
लोकखबर
२०८२ आश्विन १८, शनिबार १८:३३

बिदुर– दुई दिनदेखि परेको अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित भएको छ । वडादशैंको पर्व नसकिदै वर्षात् भएपछि सर्वसाधारण विलखवनदमा परेका हुन् ।

 

त्रिशूली, तादी, लिखुलगायतका नदीमा जलसतह वढेको छ । नदीमा पानकिो सतह वढ्का कारण सुरक्षाकर्मीले माइकिङ गरेका छन् । मुख्य तथा भित्रि सडक तथा बजारहरु सुनसान छन् भने आम सर्वसाधारणको दैनिक गतिविधि प्रभावित भएको छ । आम सर्वसाधारण घर वाहिर निस्केका छैनन् ।

यसैवीच, सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपालभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले शनिवार विशेष सूचना जारी गरी वर्षात्का कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू–क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी आइतबार र सोमबार देशैभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार यहि असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाउँदै हाल देशका विभिन्न भागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध पनि गरेको छ । अविरल वर्षात्का कारण वडादशैंमा आफन्तकोमा टिका थाप्न गएकाहरु रोकिएका छन् ।

 

 


सर्वाधिक रुचाइएको