ज्येष्ठ नागरिकहरु सम्मानित

– वृद्धाश्रमलाई आर्थिक सहयोग
लोकखबर
२०८२ आश्विन २१, मंगलवार २०:२९

बिदुर– नुवाकोटको प्रसिद्ध देवीघाटमा  ज्येष्ठ नागरिकहरु सम्मानित भएका छन् । उक्त आश्रमलाई एकैपटक आर्थिक सहयोगसमेत प्राप्त भएको छ ।

विदुर नगरपालिका ५ देवीघाटस्थित देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले पांच जना वृद्धवृद्धालाई सम्मानित गरेको छ । खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ, आफु मेटाइ अरुलाइ दिनु जहाँ छ भन्ने मुल नारासहित प्रतिष्ठानले ३५ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पांच जना वृद्धवृद्धालाई विशेष कार्यक्रमसहित सम्मानित गरेको हो ।

सम्मानित हुनेहरुमा तारकेश्वर गाउंपालिका ५ गोसर््याङ स्थायी घर भई हाल वट्टारमा वसोवास गर्दै आएका ९२ वर्षिय वावुराम शर्माअधिकारी र उनकी धर्मपत्नी ९१ वर्षिया कृष्णकुमारी  अधिकारी, ९१ वर्षिय केदारनाथ पराजुली, ८८ वर्षिया भद्रमाया न्यौपाने र ८८ वर्षिय पदमप्रसाद न्यौपाने रहेका छन् । उनीहरुलाई प्रतिष्ठानका तर्फवाट प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललगायतले कार्यक्रमकावीच सम्मानित गरे ।
ज्येष्ठ नागरिकहरु समाजका उदाहरणिय व्यक्तित्व भएका कारण उनीहरुको योगदान तथा स्मरणवाट पनि समाजको परिवर्तनका लागि योगदान पुगिरहेको प्रजिअ घिमिरेले वताए ।  समाजमा उनीहरुको सामाजिक सेवा र योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष नेपालले जानकारी दिए ।
यसैवीच, बिदुर नपा १० गेर्खुटारका दुर्गादेबी पाण्डेले  आफ्ना  पति स्व. रामबहादुर पाण्डे(लीलाबहादुर क्षेत्री) को स्मृतिमा प्रतिष्ठानलाई आर्थिक सहयोग गरेकी छन् । वृद्धा पाण्डेले उक्त प्रतिष्ठानमा  आाश्रित ४० जना  वृद्ध बा आमाहरुलाई पितृ भोजनका साथै  पितृस्मरण कोषमा वार्षिक श्राद्धसहित गर्ने उद्धेश्यले कुल एकलाख ७५ हजार रुपैया प्रदान गरेको प्रतिष्ठानले जनाएको छ ।
वृद्धा पाण्डेले उक्त रकम प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई एकमुष्ठ हस्तान्तरण गरिन् । उनले सामाजिक सेवा भावले आफुले सहयोग गरेको वताइन् ।
 उक्त रकमको ब्याजबाट सो प्रतिष्ठानले वृद्धवृद्धाहरुको लागि भोजनका साथै विविध धार्मिक गतिविधि गर्ने जनाएको छ । यस्तै, नुवाकोटकै बेलकटगढी नपा ८ स्थायी घर भएका पेसल नेपालले  प्रतिष्ठानको अक्षयकोष वृद्धिको लागि र प्तिष्ठानमा आश्रित वृद्ध बुबा आमाहरुलाई संरक्षण गर्न एकमुष्ट एकलाख ३९ हजार रुपैया प्रदान गरेका छन् ।
उनले आफ्नी ममतामयी माता पम्फा शर्मानेपालमार्फत प्रतिष्ठानका कोषाध्यक्ष  विन्दा अर्याललाई उक्त रकम हस्तान्तरण गरे । कार्यक्रममा  उक्त प्रतिष्ठान अन्तर्गतको जेष्ठ नागरिक मानव सेवा आश्रम सन्चालन कार्य समितिका अध्यक्ष  विष्णुप्रसाद नेपाललगायत कार्य समितिका पदाधिकारी, सदस्यहरु, सल्लाहकार, आश्रममा रहेका वृद्धवृद्धा तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको