वडादशैंमा चार करोड बढिको खसीवोकाको कारोवार
तीन करोड १५ लाख वरावरको खसीवोका निर्यात

बिदुर– नेपालीहरुको मुख्य पर्व वडादसैंमा नुवाकोटमा चार करोड रुपैया वरावरको खसीवोकाको कारोवार भएको छ । नुवाकोटबाट यस वर्षको वडादसैंका काठमाडौलगायतका अन्य स्थानमा तीन करोड १५ लाख रुपैया वरावरको खसीबोका बाहिरी जिल्ला निर्यात भएको छ ।

१२ स्थानीय तह रहेको पहाडि नुवाकोटमा वडादशैंमा चार करोड १५ लाख रुपैया वरावरको खसीबोकालगायतका मासु र माछाजन्य सामग्रीको खपत भएको र वडादसैंमा मात्र तीन करोड १५ लाख रुपैया बरावरको खसीबोका आसपासका जिल्लामा निर्यात भएको पशुसेवा कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका प्रमुख डा. निशान्त शर्मागेलालका अनुसार वडादसैंका लागि नुवाकोटवाट एकहजार पांचसय गोटा अर्थात् तीन करोड १५ लाख रुपैया वरावरको खसीवोका वाहिरी जिल्ला निर्यात भएको छ ।

नुवाकोटवाट काठमाडौं उपत्यकाका साथै धादिङ र चितवनसम्म पहाडे खसीवोका पुगेका छन् । छिमेकी चीनको केरुङवाट भेडाच्याङ्ग्रा आउन छाडेपछि खसीवोका खरिद गर्नेहरु वढेको कार्यालयका प्रमुख डा. शर्मागेलालले वताए ।
प्रमुख डा. शर्मागेलालका अनुसार नुवाकोटका खसीवोका स्वस्थ्यकर हुने जनाउंदै खरिदकर्ताहरु वढेका हुन् । उनका अनुसार नुवाकोटभित्रै वडादशैंका लागि चार करोड १५ लाख रुपैया वरावरको खसीवोका खपत भएको छ ।
डा. शर्मागेलालले नुवाकोटको वजारहरुमा ३० किलोग्राम सम्मको जिउंदो खसीवोका प्रति किलोग्राम पांचसय ५० दखि पांचसय ८० रुपैया तथा ३० किलोग्राम भन्दा माथिको जिउंदो खसीवोका ६ सय देखि ६ सय २० रुपैया प्रति किलोग्रामको दरमा विक्रििवतरण भइरहेको वताए । नुवाकोटमै पर्याप्त मात्रामा खसिबोका रहेका कारण यस दशैंमा अन्य जिल्लावाट आयात गर्नु नपरेको उनको भनाई छ ।

यसवाहेक रांगो, कुखुरा, माछासमेत गरि अरु एक करोड पांच लाख रुपैया वरावरको मासु र माछाजन्य वस्तु खपत भएका छन् । एउटै कृषकले एकै पटक यसवर्षको वडादशैंमा १० वटासम्म खसिवोका विक्रि गरेका छन् । पहाडि संरचना रहेको नुवाकोटमा कृषकहरू व्यवसायिक बाख्रापालनमा लागेका छन् । व्यवसायिक रुपमा एकसय ७५ वटा बाख्रापालन फर्महरुले वाख्रा, खसिवोका पालन गरेका छन् । नुवाकोटमा दुईलाख ६० हजार गोटा वाख्रा, खसिवोका र भेडा रहेको पशुसेवा कार्यालय नुवाकोटले अनुमान गरेको छ ।

व्यवसायिक बाख्रापालनका लागि सन्तुलित वातावरण, मिल्दो हावापनी तथा उचित चरन र घाँसको व्यवस्था हुनुका साथै समयै नगदै बिक्री हुने भएपछि कृषकहरू बाख्रापालनमासमेत सक्रियता वढाएका हुन् । पहिले छिमेकी चीनको तिव्वतवाट भेडाच्याङ्ग्रा तथा तराईलगायत अन्य जिल्लाबाट खसीबोका आयात हुने गरेकोमा हाल नुवाकोटवाट काठमाडौलगायत अन्य स्थानमा निर्यात गर्न सफल भएको चारघरेका वाख्रापालक किसान वद्रीप्रसाद भट्टको भनाई छ । बाख्रापालनकाट कृषकहरू आतमनिर्भर र लाभान्वितसमेत भएको पशु सेवा कार्यालय नुवाकोटले जनाएको छ ।