करेण्ट लागेर स्काभेटर चालकको मृत्यु

बिदुर– त्रिदेशिय मार्ग अन्र्तगत रसुवागढी जाने वाटो नजिकै करेण्ट लागेर सडक पुर्ननिर्माणमा खटिएका स्काभेटर चालकको ज्यान गएको छ । उक्त मार्ग अन्र्तगत टिमुरेस्थित सडकमा काम गरिरहेका वेला करेण्ट लागेर एक चालकको ज्यान गएको रसुवा प्रशासनले जनाएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे नजिकै बालुवा खानीमा शनिबार करेन्ट लागेर एक जना स्काभेटर चालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए । उनका अनुसार सडकमा फसेको ट्रिपरलाई हटाउने क्रममा करेण्ट लागेर स्काभेटर चालक रसुवाकै कालिका गापा–३ का ५० वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा बकेटले छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीको भनाई छ । मृतकको शव परीक्षणका लागि अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । स्काभेटर लामो समयदेखि टिमुरे क्षेत्रमा काम गरिरहेको स्थानीयले बताएका छन् ।उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।