मृतक चालकका परिवारलाई २५ लाख क्षतिपुर्ति

– सहमतिपछि वन्द फिर्ता
लोकखबर
२०८२ आश्विन २६, आईतवार २१:५७

बिदुर- मृतक चालकका परिवारलाई क्षतिपुर्ति दिइने सहमतिपछि रसुवा वन्द फिर्ता भएको छ । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएका कालिका गाउँपालिका ३ का स्काभेटर चालक ५० वर्षीय शिव पौडेलको परिवारले आइतवार दोषीलाई कारवाहीको माग गर्दै रसुवा बन्द गरेका थिए ।
बन्दको अब्हानपछि पासाङल्हामु सडकमार्ग वेत्रापति–रसुवा खण्डमा सवारी साधन चलेका थिएनन् । काठमाडौंका लागि कुनै सवारी छुटेका थिएनन् भने राजधानीबाट रसुवातर्फ जाने सवारी पनि बन्द भएका थिए ।
बन्दकर्ताले एम्बुलेन्स र विदेशी पर्यटकबाहेक अन्य सवारी साधान ठप्प पारेका थिए । बन्दकर्ताहरूले बेतिनी, बनुवालगायत ठाउँठाउँमा सडक अवरुद्ध पारेका हुन् ।
रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत मृतक चालकका परिवारलाई काजक्रिया र क्षतिपूर्ति ३५ लाख, पत्नीलाइ रोजगारी र छोराछेरीको उच्च शिक्षा अध्ययन गर्ने सुनिश्चित हुनुपर्ने जस्ता माग राख्दै जिल्ला प्रशासन कार्यालय र रसुवागढी जलविद्युत कम्पनीको ध्यानाकर्षण गराएका थिए । उक्त माग पूरा भएपछि मात्रै रसुवा वन्द फिर्ता लिएर शव बुझेका छन् ।

कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा भएको छलफलमा उक्त सहमति भएको हो । मृतक चालकका परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति तथा रोजगारी सुनिश्चित गर्ने सहमतिपछि रसुवा बन्द फिर्ता भएको हो ।
मृतकका आफन्त तथा स्थानीयले रसुवा बन्द गरेका थिए । रसुवागढी जलविद्युत आयोजना सरकारी सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र पीडितका तर्फबाट कालिका गाउँपालिकामा भएको छलफलपछि मृतकका परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका १ जनालाई रोजगारीको सुनिश्चितता गर्ने सहमति पछि बन्द फिर्ता भएको हो ।
कालिका गापाका जनप्रतिनिधि, रसुवागढी जलविद्युत कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल गरिपछि उक्त सहमति भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको